१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चित्रबहादुर केसीको टिप्पणी: ‘भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिँदैन’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्नसक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताउनु भयो ।

उहाँले गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाझीहरु लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताउनु भयो । उहाँले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताउनु भयो । उहाँले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताउनु भयो । गृहमन्त्री लामिछानेले गृह मन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो । यो मुलुकुमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे, माओवादीका लागि । एमालेभित्र पनि कोही रैनछन् । यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि । त्यस्तो मुद्दा लागेको मान्छे । दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको । चौरासी तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने । त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो । कसले बुझेको छैन यो कुरा । त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ?’

उहाँले गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने बताउनु भयो ।