२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार: प्रकाशशरण महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको आरोप लगाउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा कुरा गर्दै उहाँले काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा काँग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसावले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभएको आरोप लगाउनुभएको हो । उहाँले काँग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताउनु भयो ।

उहाँले काँग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताउनु भयो । उहाँले संसदीय समिति वा न्यायिक समितिहरु गठन हुनुपर्ने बताउनु भयो । उहाँले राजीनामै काँग्रेसको पूर्वशर्त नरहेको उल्लेख गर्दै स्वार्थ नबाझिने गरी छानबिन गर्न माग गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका छौँ । यो कुनै अनुचित होइन । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, त्यसैले छानबिन गर्ने कुरा गाह्रो हुन्छ । निष्पक्ष छानबिन हुनुपर्छ । संसदीय समिति बन्नुपर्छ । संसदीय समिति वा न्यायिक समितिहरु पहिला पनि बन्दै आएका हुन्, सहजै बनेको हो । हामीले अहिले राजीनामैलाई पूर्वशर्त त बनाएका छैनौँ । कम सेकम छानबिन त गर । छानबिन स्वार्थ नबाझिने गरी गर । उहाँ त्यसको प्रमुख हुनुहुन्छ, उहाँकै निगरानीमा रहने संयन्त्रले कसरी निष्पक्ष छानबिन गर्दछ । त्यसको एउटा निक्र्यौल नै नआइकन प्रधानमन्त्रीले केही पनि भएको छैन भन्नुहुन्छ । त्यसले झनै यसमा शंका थपियो । उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ । समस्या छ भने छानबिनले समस्या पार्दछ । छानबिन गर्नुपर्छ भन्दा काँग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु त गैरजिम्मेवार हो नि ।’

उहाँले गलत काम नगरेको भए छानबिन गर्दा समस्या नहुने बताउनु भयो ।