१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार: प्रकाशशरण महत

गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार: प्रकाशशरण महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको आरोप लगाउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा कुरा गर्दै उहाँले काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा काँग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसावले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभएको आरोप लगाउनुभएको हो । उहाँले काँग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताउनु भयो ।

उहाँले काँग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताउनु भयो । उहाँले संसदीय समिति वा न्यायिक समितिहरु गठन हुनुपर्ने बताउनु भयो । उहाँले राजीनामै काँग्रेसको पूर्वशर्त नरहेको उल्लेख गर्दै स्वार्थ नबाझिने गरी छानबिन गर्न माग गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका छौँ । यो कुनै अनुचित होइन । जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, त्यसैले छानबिन गर्ने कुरा गाह्रो हुन्छ । निष्पक्ष छानबिन हुनुपर्छ । संसदीय समिति बन्नुपर्छ । संसदीय समिति वा न्यायिक समितिहरु पहिला पनि बन्दै आएका हुन्, सहजै बनेको हो । हामीले अहिले राजीनामैलाई पूर्वशर्त त बनाएका छैनौँ । कम सेकम छानबिन त गर । छानबिन स्वार्थ नबाझिने गरी गर । उहाँ त्यसको प्रमुख हुनुहुन्छ, उहाँकै निगरानीमा रहने संयन्त्रले कसरी निष्पक्ष छानबिन गर्दछ । त्यसको एउटा निक्र्यौल नै नआइकन प्रधानमन्त्रीले केही पनि भएको छैन भन्नुहुन्छ । त्यसले झनै यसमा शंका थपियो । उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ । समस्या छ भने छानबिनले समस्या पार्दछ । छानबिन गर्नुपर्छ भन्दा काँग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु त गैरजिम्मेवार हो नि ।’

उहाँले गलत काम नगरेको भए छानबिन गर्दा समस्या नहुने बताउनु भयो ।