१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

काँग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ: रघुजी पन्त

काँग्रेसले बलियो आधार र प्रमाण ल्याउँछ भने त्यसलाई सरकारले मान्नुपर्छ: रघुजी पन्त
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली काँग्रेसले बलियो आधार र प्रमाण एवं राजनीतिक तर्कहरु प्रश्तुत गरेर राजीनामा मागे सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि काँग्रेसले उठाएको प्रश्नको बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षले प्रशस्त, बलियो र प्रमाणसहितको आधार प्रश्तुत गरे त्यसलाई नमान्ने भन्ने नरहेको बताउनु भयो । उहाँले र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले बनाउनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जुन हिजो आवाज उठाउनेमध्ये एक म पनि थिएँ । मेरो प्रमाण र आधार थिए । मैले नेपालमा पञ्चायत कालदेखि अहिलेसम्म अख्तियारले बोलाएपछि सबै मन्त्रीहरु राजीनामा दिएर मात्रै बयान दिन गएका थिए । मैले नाम र प्रमाणसहित राखेको थिएँ । संविधानमा, कानूनमा नलेखे पनि राजनीतिक मोडालिटीमा पञ्चायत, बहुदलमा पनि चलेको थियो र अहिले पनि चल्नुपर्छ । त्यस्तो कुरा उल्लंघन गर्नु हुँदैन । प्रकाश ज्वालाजीको राजीनामाको कुरा मैले धेरै जोडले उठाएको थिइन तर त्यो बेलाको सरकारले स्वयं आयोग गठन गरेको हो, हामीले गठन गर भनेको होइन । सरकारले बनाएको आयोगले मन्त्रीलाई दोषी देखाइसकेपछि मन्त्री कसरी बसिरहन मिल्छ ? प्रकाश ज्वालाजीलाई राजीनामा दिन बाध्य पार्ने अवस्था सरकार स्वयंले गरेको हो । हिजो हामीले ठाउँमा प्रशस्त आधारहरु थिए, त्यस्तै आधार बलियो, आधार प्रमाण राजनीतिक तर्कहरु अहिलेको प्रतिपक्षले ल्याउँछ भने त्यसलाई नमान्ने भन्ने हुँदैन तर मुढाग्रह र दबाबको आधारमा मात्रै राजीनामा मागेर सरकारलाई कामै गर्न नपाउने स्थिति कुनैपनि प्रतिपक्षले उठाउनु हुँदैन ।’

नेकपा एमाले प्रतिपक्षमा रहेको बेलामा प्रशस्त आधार र प्रमाणसहित मन्त्रीहरुको राजीनामा मागेको बताउनु भयो ।