• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’

ठूलो आकारको बजेट ल्याउँदा टाउकोमा हात राख्नुपर्ने अवस्था आउँछ: सांसद डा.महत



काठमाडौँ । नि:वर्तमान अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरणले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालिन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै यस्तो दाबी गर्नुभयो । उहाँले वर्तमान गठबन्धन सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो । उहाँले ३० खर्बको बजेट ल्याउन अर्थमन्त्रीलाई शुभकामना दिँदै बजेट प्रश्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने,सबै ठाउँमा बजेट दिने र कार्यकर्ताले चाहेका मागहरुलाई वितरण गर्ने खालको नल्याउन सुझाव दिनुभयो ।

उहाँले यस्तो बजेट ल्याउँदा सबै केही क्षण खुशी भएको जस्तो देखिए पनि बजेटले गर्ने दीर्घकालिन दायित्व सिर्जना र घोषणा पूर्तिको बेलामा अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ने स्थिति आउने दाबी गर्नुभयो । उहाँले पार्टीको नेतृत्व गरेर अर्थमन्त्री भएर सरकारमा बस्दा एकलव्य दृष्टिकोण लिएर अर्थतन्त्रलाई सुधार गर्ने कामलाई प्राथमिकता दिएर काम गरेको बताउनु भयो । उहाँले आफूले पार्टीलाई प्राथमिक भन्दा पनि देश र जनता प्राथमिकता दिएको दाबी गर्नुभयो ।

उहाँले पार्टीको पक्षमा पृष्ठपोषण गर्ने काम भन्दा पनि बजेटमा देखिएको बेथितिलाई थितिमा ल्याउने काम गरेको दाबी गर्नुभयो । उहाँले बजेटलाई थितिमा ल्याउन नसक्ने हो भने झन ठूलो अफ्ठ्यारोमा देश जाने उल्लेख गर्नुभयो । उहाँले २० खर्बको बजेट बनाउन सरकार लागेको भन्ने सुनेको भन्दै सरकारले सके २० खर्ब मात्रै नभई ३० खर्ब ल्याउँदा पनि फरक नपर्ने तर कार्यान्वयनमा समस्या हुने बताउनु भयो । उहाँले सरकारलाई ३ खर्ब ३१ अर्ब रुपैयाँ यो वर्ष ऋण र साँवा भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले आगामी बजेटमा ४ खर्ब ३५ अर्ब ऋण र साँवा भुक्तानी लागि छुट्याउनु पर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पार्टीको नेतृत्व गरेर अर्थमन्त्री भएर सरकारमा बस्दा एकलब्य दृष्टिकोण थियो । पार्टी प्राथमिक होइन । देश र जनता प्राथमिकताको विषय हो । मैले पार्टीको पक्षमा पृष्ठपोषण गर्ने काम भन्दा पनि बजेटमा देखिएको बेथितिलाई थितिमा ल्याउने काम गरे । बजेटलाई थितिमा नल्याउने हो भने झन ठूलो अफ्ठ्यारोमा हामी गर्दैछौं । अहिले नयाँ अर्थमन्त्री बन्नुभएको छ । मैले सुनिरहेको छु । २० खर्बको बजेट बनाउन सरकार लागेको छ अरे । बनाउनुस् शुभकामना छ । म चाहन्छु सरकारले सकेदेखि २० खर्ब होइन ३० खर्ब बनाउनुस् । तर बजेट प्रश्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने,सबै ठाउँमा बजेट राखेको छु भनेर घोषणा गर्ने र सँगै कार्यकर्ताले चाहेका मागहरुलाई वितरण गरेर पूर्ति गर्दा सबै एकक्षिण खुशी भएको जस्तो देखिएला तर यसले गर्ने दीर्घकालिन दायित्व सिर्जना गर्छ र घोषणा पूर्ति हुँदैन ।’

‘त्यसपछि अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ला ? अहिले मैले भने ३ खर्ब ३१ अर्ब रुपैयाँ यो वर्ष ऋण र साँवा भुक्तानी गर्नुपर्छ । अर्थमन्त्रीले त्यो कुरा नकार्न सक्नुहुन्न । उहाँले ४ खर्ब ३५ अर्ब त्यसको लागि छुट्याउनुपर्छ । स्थानीय निकाय ७५३ पालिका सात प्रदेशलाई दिँदै आएको सहयोग दिनैपर्छ । सामाजिक सुरक्षालाई निरन्तरता गर्ने कुरा गरेको छु । तर जुन दोहोरोपन छ । चाहिने र नचाहिनेलाई पनि दिएका र्छौं । सामाजिक सुरक्षाको ठूला दायित्व पूर्ति गर्नुपर्छ । बाँकी रहेको स्रोतको प्राथमिकरण नगरी खर्च नगर्ने हो भने समस्या हुन्छ ।’

उहाँले स्थानीय निकाय ७५३ पालिका सात प्रदेशलाई दिँदै आएको सहयोग रोक्न नमिल्ने बताउनु भयो । उहाँले सामाजिक सुरक्षालाई निरन्तरता दिँदा आवश्यकताको आधारमा दिने व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो ।