८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीप्रति काँग्रेस सांसद बस्नेतको टिप्पणी: ‘खुट्टा उचाल्दा सन्तुलन मिलेन भने कम्मर भाँचिन्छ’



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई फुटबल ठानेको आरोप लगाउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै उहाँले प्रधानमन्त्री दाहाललाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने भन्दै चेतावनी दिनुभयो ।

उहाँले प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिने बताउनु भयो । उहाँले सरकार चलाउन रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गर्नु जस्तो सहज नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गर्नुभएको भन्दै घण्टी भ्रष्टाचारीको कानमा, सुशासनको पक्षमा, संविधान र लोकतन्त्रको रक्षाका लागि बजाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस नयाँ मन्त्रीपरिषद्ले जनतामा देखिएको निराशा र बादलहरु हटाएर आशाका किरणहरु छर्नेछन् भन्नेकुरामा हामी पनि विश्वास गर्दछौँ । यो विश्वास मेरो मात्र नभइ देश र विदेशमा रहनुभएका ३ करोड नेपालीहरुको हो । यति हेक्का राख्नुहोस्, यस विश्वास र रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गरेजस्तो हुँदैन । सम्माननीय प्रधानमन्त्रीज्युले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गर्नुभएको छ । सम्माननीयज्युले बोकेर हिँड्नुभएको घण्टी नयाँ छ, घाममा बसेर बजाउनु होला । घाममा बसेर बजाउन खोज्नुभएको त्यो घण्टी बलियो गरी बजोस् । भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि बजोस् । प्रधानमन्त्रीज्युले देश र जनतालाई फुटबल सम्झिनुभएको भन्ने म दोधारमा परेको छु । स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको हामीले देखेका छौँ । प्रधानमन्त्रीज्युले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिन्थ्यो होला । कहिले कहीँ खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम पनि हुन्छ । आफूलाई स्ट्राइकर सम्झिनुभएको छ, यो नबिर्सिनुहोला ।’

उहाँले बिरोधाभाष नै प्रधानमन्त्रीको रोजाइ रहेको बताउनु भयो ।