१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे भाडा बढाउने यातायात व्यवसायीको चेतावनी



अ+ अ-

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे गाडीको भाडा बढाउने यातायात व्यवसायीले चेतावनी दिएका छन्।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाएकाले गाडीको भाडा बढाउन बाध्य हुने बताएका हुन् ।  

फागुन ८ गतेसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आफैंले भाडा बढाउँने नभए आन्दोलनमा उत्रिए बताएका छन् । बिहीबारदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएसंगै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रुपैयाँ पर्नेछ। 

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेसंगै प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ।