८ पुष २०८२, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे भाडा बढाउने यातायात व्यवसायीको चेतावनी



अ+ अ-

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे गाडीको भाडा बढाउने यातायात व्यवसायीले चेतावनी दिएका छन्।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाएकाले गाडीको भाडा बढाउन बाध्य हुने बताएका हुन् ।  

फागुन ८ गतेसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आफैंले भाडा बढाउँने नभए आन्दोलनमा उत्रिए बताएका छन् । बिहीबारदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएसंगै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रुपैयाँ पर्नेछ। 

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेसंगै प्रतिसिलिन्डर मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ।