१३ श्रावण २०८३, बुधबार
,
Latest
स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति



अ+ अ-

बैतडी । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताउनुभयो । बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ ।

साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमा छलफल भएको छ । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डेलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । रासस




भर्खरै