८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 3.09

Humidity: 42

Latest
तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक पक्राउ नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा काँग्रेस सांसद थानीको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई सांसद यादवको प्रश्न: किसानलाई मलको अभाव हुन नदिने योजना के छ ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक यादवले मधेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले विगतमा भएका अर्थमन्त्रीहरुले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गर्ने गरेकाले अव मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराउनु भयो । प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुन: सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो । उहाँले धनिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘मधेशको सबैभन्दा खतरानाक अवस्था के हो भने रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरुले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकी हाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर खाद्य चाहीँ पाउँदै पाउँदैन । के अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई खाद्यको व्यवस्था गरि दिनुहुन्छ ? त्यो पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमी राखेको हुन्छ । तर पनि खाद्य पाउँदैन । सरकारसँग के प्लान छ के खाद्य यसपाली समयमै उपलब्ध गराउन सक्छौं त ? सरकारले यो विषय स्पट गर्न जरुरी छ । अर्को वितरणमुखि भन्दा परिणाममुखि बजेट ल्याउन जरुरी छ । सामाजिक सुरक्षा भत्तामा गम्भिरतापूर्वक ध्यान दिन जरुरी छ । अर्बाैंपतिका बुबाआमाले पनि सामाजिक सुरक्षा भत्ता पाइराखेको छ । त्यसकारण गरिव को हो, धनि को हो ? त्यसलाई छुट्टयाएर मात्रै सामाजिक सुरक्षा भत्ता दिन जरुरी छ । ’

प्रमुख सचेतक यादवले बजेट वितरणमुखि भन्दा पनि परिणाममुखि हुुनुपर्ने सुझाव पनि सरकारलाई दिनुभयो ।