१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री नदेखेपछि राप्रपा सांसद लामाको आपत्ति

विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री नदेखेपछि राप्रपा सांसद लामाको आपत्ति
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाउनुभएको हो । सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाउनु भयो ।

यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले उहाँ आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर जानुभएको जानकारी दिँदै बोल्न आग्रह गर्नुभएको थियो । तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिनुभयो । यसैबीच अर्थमन्त्री पुन बैठकमा पुन: आइपुग्नु भयो । सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताउनु भयो । त्यसपछि उहाँले बोल्दै पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुनेगरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

सांसद लामाले भन्नुभयो, ‘यहाँ अर्थमन्त्रीज्यु देखिएन । बाहिर निस्कनु भयो । अर्थमन्त्री नहुँदाखेरी कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । माननीय सदस्यहरु अर्थमन्त्रीले अर्को प्रतिनिधि राखेर खान खानालाई अहिले भर्खर निस्कनुभएको छ । उहाँ आउँदै हुनुहुन्छ । यसमा पनि अलिकति विभेद भएको जस्तो लाग्यो । जव राप्रपा आउँदाखेरी अर्थमन्त्री उठेर जानु भनेको यो विभेदकारी भएकाले म घोर आपत्ति जनाउनु चाहन्छु । अर्थमन्त्री चाहियो । माननीय सदस्यज्य्, बोल्दै जानुहोला । म समय दिन्छु । पर्खनुहोला । यहाँको कुरा उहाँले सुन्नु हुन्छ । १० मिनेटको समय छ । त्यति समय पनि आउनु भएका भने मैले सदस्यज्यूहरुलाई मात्रै सुनाउ ? अर्थमन्त्रीज्युलाई धन्यवाद । मलाई लागेको थियो, राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो भनेर ?’

सांसद लामाले गरिव महिला उद्यमीहरुका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।