२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री नदेखेपछि राप्रपा सांसद लामाको आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाउनुभएको हो । सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाउनु भयो ।

यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले उहाँ आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर जानुभएको जानकारी दिँदै बोल्न आग्रह गर्नुभएको थियो । तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिनुभयो । यसैबीच अर्थमन्त्री पुन बैठकमा पुन: आइपुग्नु भयो । सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताउनु भयो । त्यसपछि उहाँले बोल्दै पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुनेगरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

सांसद लामाले भन्नुभयो, ‘यहाँ अर्थमन्त्रीज्यु देखिएन । बाहिर निस्कनु भयो । अर्थमन्त्री नहुँदाखेरी कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । माननीय सदस्यहरु अर्थमन्त्रीले अर्को प्रतिनिधि राखेर खान खानालाई अहिले भर्खर निस्कनुभएको छ । उहाँ आउँदै हुनुहुन्छ । यसमा पनि अलिकति विभेद भएको जस्तो लाग्यो । जव राप्रपा आउँदाखेरी अर्थमन्त्री उठेर जानु भनेको यो विभेदकारी भएकाले म घोर आपत्ति जनाउनु चाहन्छु । अर्थमन्त्री चाहियो । माननीय सदस्यज्य्, बोल्दै जानुहोला । म समय दिन्छु । पर्खनुहोला । यहाँको कुरा उहाँले सुन्नु हुन्छ । १० मिनेटको समय छ । त्यति समय पनि आउनु भएका भने मैले सदस्यज्यूहरुलाई मात्रै सुनाउ ? अर्थमन्त्रीज्युलाई धन्यवाद । मलाई लागेको थियो, राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो भनेर ?’

सांसद लामाले गरिव महिला उद्यमीहरुका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।