• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन



काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रशताव गर्नुभएको हो ।

प्रश्तावलाई सांसदहरुले समर्थन जनाउनुभएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम मनोनयन गरिएको थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरुको नाम देहायबमोजिम रहेको छ । आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह । कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्दछु ।’

राष्ट्रिय सभाको बैठक जारी छ ।