• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने ★   सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने ★   गृहमन्त्री समक्ष तीनकुने जग्गा मुआब्जा पीडितले सुनाए गुनासो ★   आगामी आर्थिक वर्ष २०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा ★   कृषिमा लगानी दशक घोषणा ★   विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने ★   नीति तथा कार्यक्रम: बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने ★   प्रिमियर लिगमा आज टोटेनहमको सामना गर्दै म्यान्चेस्टर सिटी ★   संविधान कार्यान्वयन,अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता: राष्ट्रपति

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग यथावत



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताउनुभएको हो । उहाँले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडी संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रश्तुत हुनुभयो । पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एकजना दीपेश पुन पक्राउ पर्ने, अरु पक्राउ पर्ने ऊ नपर्ने ? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्दाखेरी सरकार चल्छ ? त्यो कदापी पनि हुन सक्दैन ।’

उहाँले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको बताउनु भयो । उहाँले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने बताउनु भयो ।