• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर



गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिनुभयो ।

महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उहाँले बताउनुभयो । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।

सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको सङ्घले जनाएको छ ।

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।