• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

अन्नपूर्णमा आरोही आउन थाले



म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् ।

बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

“यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,” उहाँले भन्नुभयो, “म्याग्दीमा रहेको धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।” अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका एक/एकजना आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेका हुन् ।

अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण–४ नारच्याङको भूगोलमा पर्छ । गत बसन्त याममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए । शरद्याममा भने कसैले पनि अन्नपूर्ण आरोहण गर्ने अनुमति नलिएका पर्यटन विभागले जनाएको छ ।

यसपालि अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गर्नुभएको छ । सन् २०२६ भित्र बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने एलीको लक्ष्य रहेको छ ।

सेभेन समिट ट्रेक्समार्फत बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गर्नुभएको थियो । पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गर्नुभएको थियो ।

विश्वमा हालसम्म छजना आरोहीले मात्र बिना अक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलोपटक आरोहण गरेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।

विसं २०६८ मा नारच्याङका अगुवाहरुले पहिचान गरेको नारच्याङ–अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग प्रथम आरोही मौरिजका नाममा नामकरण गरिएको छ । नारच्याङबाट दोस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ । रासस