• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले २१ वर्षअ‍ेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताउनु भयो ।

४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शहीको २१ वर्षअघि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।

त्यस्तै प्रहरीले १६ वर्षअघि धर्मराज बिष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । २०६४ साल, असार २६ गते ललितपुर जिल्लको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुलस्थित ललतिपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज बिष्टको हत्या भएको थियो । सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४१ वर्षर्की धादिङ बुढाथुम गाविस ३, साविक गंगा जमुना गाउँपालिका ७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् । धर्मराज बिष्ट मिन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ । बिष्टले आफूलाई बारम्बार जिस्क्याउने गरुेको कुरा भाई विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरुलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ । दुवैलाई कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको बताउनु भयो ।