१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्नुभएको हो । उहाँले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताउनु भयो । उहाँले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पीडितहरुले सप्रमाण लिखित उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पनि त्यसमा प्राविधिक रुपमा सघाइरहेको थियो । तत्कालिन गृहमन्त्रीले छानविन अगाडी बढाउन निर्देशन पनि दिनुभएको थियो । यसैबीच सत्ता समिकरण बदलियो र जो बिरुद्ध अनुसन्धान गर्नुपर्ने हो, उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ । जसरी पनि गृहमन्त्री नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानविन प्रक्रियामा बाधा हुने देखिन्छ । तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौँ । कुनैपनि न्यायको सिद्धान्तको आधारमा आफैँले आफैँलाई कारबाही गरेको नजिर हामिसित छैन । मुद्दालाई प्रभावित पार्ने गरी अगाडी बढ्नु कानूनी राज्यमा सुहाउँदो कुरो होइन । यसप्रति हाम्रो गम्भिर चिन्ता र चासो छ । हाम्रो एउटै विकल्प हो । त्यो हो राजीनामा । राजीनामा भन्दा अर्को विकल्प छैन । अरु कुनै टालटुलले हुनेवाला पनि छैन ।’

उहाँले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताउनु भयो । उहाँले स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गर्नुभयो ।