२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्नुभएको हो । उहाँले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताउनु भयो । उहाँले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पीडितहरुले सप्रमाण लिखित उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पनि त्यसमा प्राविधिक रुपमा सघाइरहेको थियो । तत्कालिन गृहमन्त्रीले छानविन अगाडी बढाउन निर्देशन पनि दिनुभएको थियो । यसैबीच सत्ता समिकरण बदलियो र जो बिरुद्ध अनुसन्धान गर्नुपर्ने हो, उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ । जसरी पनि गृहमन्त्री नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानविन प्रक्रियामा बाधा हुने देखिन्छ । तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौँ । कुनैपनि न्यायको सिद्धान्तको आधारमा आफैँले आफैँलाई कारबाही गरेको नजिर हामिसित छैन । मुद्दालाई प्रभावित पार्ने गरी अगाडी बढ्नु कानूनी राज्यमा सुहाउँदो कुरो होइन । यसप्रति हाम्रो गम्भिर चिन्ता र चासो छ । हाम्रो एउटै विकल्प हो । त्यो हो राजीनामा । राजीनामा भन्दा अर्को विकल्प छैन । अरु कुनै टालटुलले हुनेवाला पनि छैन ।’

उहाँले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताउनु भयो । उहाँले स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गर्नुभयो ।