• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा, मन्त्रिपरिषद् भंग गर्न सिफारिस ★   चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो ★   चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप ★   तीनकुनेको आगलागी नियन्त्रण प्रयास हुँदै ★   लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी ★   काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं: प्रमुख सचेतक परियार ★   विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी ★   टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै ★   सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग ★   मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने

रविको बचाउमा ओली: कांग्रेसले बदनाम गर्न खोज्यो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

मंगलबार प्रेस चौतारी कैलालीले आयोजना गरेको गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले कांग्रेसले बदनाम गर्न खोजेको टिप्पणी गरे ।

गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताउदै उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ? कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’

उजुरी दर्ता कै भरमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री पद खाली हुने बताउदै उनले भने, ‘उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ ।’

अध्यक्ष ओलीले कांग्रेसका मन्त्रीहरू नै झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए ।