• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

माओवादी केन्द्रको पदाधिकारी बैठक: उपाध्यक्ष महरा पक्राउबारे छलफल



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जनकारी दिनुभयो ।

“छलफल जारी छ । विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौँ । छिट्टै निष्कर्षमा पुग्छौ”, प्रवक्ता सापकोटाले भन्नुभयो । पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उहाँको भनाइ छ । उहाँले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो ।

उपाध्यक्ष महरालाई सोमबार विहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । उहाँलाई सोमबार नै काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ ।