१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देश समृद्ध हुँदैन: सिके राउत

निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देश समृद्ध हुँदैन: सिके राउत
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर अगाडी बढ्न नसकिने बताउनु भयो ।

उहाँले नेपालमा समाजवाद भनेको जनतालाई पैसा बाँड्नु हो भन्ने भाष्य रहेको र सबै दलहरुले त्यसैमा प्रतिष्पर्धा गर्न लागिरहेका भन्दै ऋण लिएर पैसा बाँड्दैमा देशको समृद्धि नहुने बताउनु भयो । उहाँले देशको समृद्धिका लागि निजी क्षेत्रको लगानीलाई निषेध गर्नु नहुने बताउनु भयो । उहाँले नेताहरुले देशलाई सिंगापुर, जापान, दुबई र कतार बनाउने भाषण गर्ने गरेका भन्दै ती देशहरु समाजवादी मुलुकमा विकास नभएको बताउनु भयो । सोभियत संघ र चीनमापनि उदारवाद अंगालेपछि मात्रै विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा भने शास्त्रीय माक्र्सवाद पढाएर जनतालाई भुलभुलैयामा राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ऋण लिएर पैसा बाँड्दैमा यो देशको समृद्धि हुँदैन । त्यो हामीले देखिराखेका छौँ । दुई खर्बबाट २४ खर्ब ऋण पुगेको हामीले देखिराखेका छौँ । त्यसैले यो आयाममा हामीले छलफल चलाउनै पर्ने हुन्छ कि हाम्रो मुलुकले अहिले नै समाजवाद धान्नसक्छ कि सक्दैन ? सक्दैन भने हामी निजी क्षेत्रलाई यसरी किन निषेध गरिराखेका छौँ ? किन लगानीलाई निषेध गरिराखेका छौँ ? किन निजी क्षेत्रमाथि आक्रमण गर्दैछौँ ? त्यस्तो खालको नीति, नियमहरु किन ल्याइराखेका छौँ ? त्यो हामीले जवाफ दिनुपर्ने हुन्छ ? हाम्रो शीर्ष नेताहरुले जहिल्यैपनि भाषण दिनुभयो जनताको बीचमा गएर, हामी नेपाललाई सिंगापुर बनाइदिन्छौँ ।’

‘जापान बनाइदिन्छौँ । दुबई, कत्तार बनाइदिन्छौँ । उहाँहरुले हेक्का राख्न सक्नुभएन, सिंगापुर भनेको समाजवादी मोडेलमा विकास भएको होइन । जापानपनि समाजवादी मोडेलमा विकास भएको होइन । दुबई, कत्तार पनि समाजवादी मोडेलमा विकास भएको होइन । उहाँहरुले जहाँबाट राजनीतिक प्रेरणा लिनुहुन्छ, शोभियत संघ र चीन त्यो पनि समाजवादी मोडेलमा रहँदासम्म त्यहाँको अर्थतन्त्र विकास भएको होइन । उनीहरुले पनि उदारवाद अंगालेपछि बल्ल विकास भएको हो । तर हामीले चाहीँ पुरानो शास्त्रिय माक्र्सवाद पढाएर भुलभुलैयामा राख्न खोजिन्छ । त्यही भएर उदाहरण तपाईहरु आफ्नै प्रेरणाको स्रोतबाट लिनुहुन्छ भने त्यहाँ नीजि क्षेत्रलाई, उदारवादलाई निषेध गरेर हामी अगाडी बढ्न सक्दैनौँ । त्यो कुरामा हेक्का राख्नुपर्छ ।’

उहाँले नेपालमा समाजवादी मोडेलमा उत्प्रेरणा नभएका कारण असफल भइरहेको बताउनु भयो । सरकारी स्वामित्वका सबै संस्थानहरु घाटामा जाने गरेको र निजीको सबै नाफामा जाने गरेको अवस्था रहेको भन्दै उहाँले यसले पनि समाजवादी मोडेलमाथि प्रश्न उठाएको बताउनु भयो ।