१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देश समृद्ध हुँदैन: सिके राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर अगाडी बढ्न नसकिने बताउनु भयो ।

उहाँले नेपालमा समाजवाद भनेको जनतालाई पैसा बाँड्नु हो भन्ने भाष्य रहेको र सबै दलहरुले त्यसैमा प्रतिष्पर्धा गर्न लागिरहेका भन्दै ऋण लिएर पैसा बाँड्दैमा देशको समृद्धि नहुने बताउनु भयो । उहाँले देशको समृद्धिका लागि निजी क्षेत्रको लगानीलाई निषेध गर्नु नहुने बताउनु भयो । उहाँले नेताहरुले देशलाई सिंगापुर, जापान, दुबई र कतार बनाउने भाषण गर्ने गरेका भन्दै ती देशहरु समाजवादी मुलुकमा विकास नभएको बताउनु भयो । सोभियत संघ र चीनमापनि उदारवाद अंगालेपछि मात्रै विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा भने शास्त्रीय माक्र्सवाद पढाएर जनतालाई भुलभुलैयामा राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ऋण लिएर पैसा बाँड्दैमा यो देशको समृद्धि हुँदैन । त्यो हामीले देखिराखेका छौँ । दुई खर्बबाट २४ खर्ब ऋण पुगेको हामीले देखिराखेका छौँ । त्यसैले यो आयाममा हामीले छलफल चलाउनै पर्ने हुन्छ कि हाम्रो मुलुकले अहिले नै समाजवाद धान्नसक्छ कि सक्दैन ? सक्दैन भने हामी निजी क्षेत्रलाई यसरी किन निषेध गरिराखेका छौँ ? किन लगानीलाई निषेध गरिराखेका छौँ ? किन निजी क्षेत्रमाथि आक्रमण गर्दैछौँ ? त्यस्तो खालको नीति, नियमहरु किन ल्याइराखेका छौँ ? त्यो हामीले जवाफ दिनुपर्ने हुन्छ ? हाम्रो शीर्ष नेताहरुले जहिल्यैपनि भाषण दिनुभयो जनताको बीचमा गएर, हामी नेपाललाई सिंगापुर बनाइदिन्छौँ ।’

‘जापान बनाइदिन्छौँ । दुबई, कत्तार बनाइदिन्छौँ । उहाँहरुले हेक्का राख्न सक्नुभएन, सिंगापुर भनेको समाजवादी मोडेलमा विकास भएको होइन । जापानपनि समाजवादी मोडेलमा विकास भएको होइन । दुबई, कत्तार पनि समाजवादी मोडेलमा विकास भएको होइन । उहाँहरुले जहाँबाट राजनीतिक प्रेरणा लिनुहुन्छ, शोभियत संघ र चीन त्यो पनि समाजवादी मोडेलमा रहँदासम्म त्यहाँको अर्थतन्त्र विकास भएको होइन । उनीहरुले पनि उदारवाद अंगालेपछि बल्ल विकास भएको हो । तर हामीले चाहीँ पुरानो शास्त्रिय माक्र्सवाद पढाएर भुलभुलैयामा राख्न खोजिन्छ । त्यही भएर उदाहरण तपाईहरु आफ्नै प्रेरणाको स्रोतबाट लिनुहुन्छ भने त्यहाँ नीजि क्षेत्रलाई, उदारवादलाई निषेध गरेर हामी अगाडी बढ्न सक्दैनौँ । त्यो कुरामा हेक्का राख्नुपर्छ ।’

उहाँले नेपालमा समाजवादी मोडेलमा उत्प्रेरणा नभएका कारण असफल भइरहेको बताउनु भयो । सरकारी स्वामित्वका सबै संस्थानहरु घाटामा जाने गरेको र निजीको सबै नाफामा जाने गरेको अवस्था रहेको भन्दै उहाँले यसले पनि समाजवादी मोडेलमाथि प्रश्न उठाएको बताउनु भयो ।