१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणको तयारी

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ स्थानान्तरणको तयारी
अ अ+ अ-

काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने अहिलेको समस्या समाधानका लागि हेडवर्क्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । हाल सोही समस्याका कारण आयोजना हिउँदमा सञ्चालन हुने र वर्षामा बन्द गर्नुपर्ने अवस्था छ ।

समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा पानी वितरण गर्न हेडवर्क्स नै स्थानान्तरणको विकल्प नभएको बताउनुभयो । “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म सम्भावित मौसमजन्य विपत्तिको घटनाबाट बचाउन वर्षा सुरुवात भएसँगै बन्द गर्नुपर्ने अवस्था रहन्छ”, उहाँले भन्नुभयो, “यसकारण हामीले कुन स्थानमा आयोजनाको हेडवर्क्स सार्नुपर्न उपयुक्त हुन्छ ? लागत कति लाग्छ ? भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ । अध्ययनका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई जिम्मा दिएका छौँ ।”

उहाँले अध्ययन प्रतिवेदनका आधारमा अनुमानित लागत निकाल्ने र आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि पहल गरिने बताउनुभयो । “एसियाली विकास बैंक ९एडिबी०ले गरेको अध्ययन प्रतिवेदनमा पनि हेडवर्क्सलाई स्थानान्तरण गर्नुपर्ने उल्लेख छ । अझै हामी थप अध्ययन गरिरहेका छौँ”, अन्सारीले थप्नुभयो, “अध्ययन प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइनेछ ।”

उहाँले आयोजना निर्माणका क्रममा विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै आयोजनालाई स्थायित्व दिन छलफल चलिरहेको बताउनुभयो । आयोजना स्थायी भएपछि वर्षायामसँगै मेलम्ची आयोजना बन्द गर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने उहाँको भनाइ छ ।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पनि पन्तले विभिन्न अध्ययनबाट अब हेडवर्क्सको संरचना निर्माणस्थल नै सारेर त्यसभन्दा माथि सुरक्षित स्थानमा लैजान आवश्यक देखिएको बताउनुभयो । “अध्ययनमा पनि आयोजनाको हेडवर्क्स अहिलेको भन्दा माथि बनाउन उचित हुने देखाएको छ । यससम्बन्धी कार्ययोजना बनाएर काम गर्न अझै करिब दुई वर्ष लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले ठूलो पानी परेपछि हेडवर्क्सको माथिल्लो भागबाट लेदो माटो बग्ने समस्या आउँछ । पहिरोको जोखिम पनि उत्तिकै भएकाले आयोजनालाई जोगाउन बर्खामा बन्द गर्नुपर्ने बाध्यता छ ।”

गत साउन २८ र २९ गते आएको बाढीका कारण पहिलेको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको पानी नै बन्द गर्नुपरेको थियो । “हेडवर्क्स बनाउन दुई सय १० मिटरको सानो सुरुङ बनाएका थियौँ, दुई वर्ष अगाडिको घटनापछि त्यही सानो सुरुङ प्रयोग गरेर अस्थायी संरचनामार्फत पानी मुख्य सुरुङमा पठाउने गरिएको थियो,” पन्तले भन्नुभयो, “तर गत साउनको बाढीका कारण अस्थायी संचनामा फेरि समस्या आयो, अनि आयोजना स्थायी बनाउन हेडवर्क्स अन्यत्रै बनाउनुको विकल्प छैन ।”

उहाँले हेडवर्क्स स्थानान्तरण नगर्ने हो भने पटक(पटक आयोजनामा समस्या आउनसक्ने र उपभोक्ताहरु खानेपानीको पहुँचबाट टाढा रहनुपर्नेमा बताउनुभयो । वर्षायाममा आयोजना बन्द नगर्दा अर्बौको लागतमा तयार आयोजनामा क्षति पुग्ने भन्दै अन्सारीले हाल हिउँदमा मात्रै आयोजना सञ्चालन गरिएको बताउनुभयो । “हामीले वर्षायाममा पनि खानेपानी ल्याउने हो भने स्थायी संरचना बनाउनुको विकल्प छैन, यस विषयमा हामी छलफलमै छौँ”, उहाँले भन्नुभयो ।

उपत्यकामा बढ्दो जनसङ्ख्याको चापसँगै खानेपानीको मागअनुसार आपूर्ति व्यवस्थापन सहज हुन सकिरहेको छैन । हाल मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति भइरहेको छ । आयोजनाले आगामी दिनमा दैनिक ३४ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य लिएको छ ।

भूगर्भविद्ले मेलम्चीको भौगर्भिक अवस्थाबारेमा राम्रो अध्ययन नहुँदा मेलम्ची आयोजनामा समस्या भएको बताउँदै आएका छन् । भूगर्भविद् डा सुवोध ढकालले आयोजना निर्माणअघि भू(गर्भको अध्ययन राम्रो नहुँदा आयोजनामा समस्या आइरहेको बताउनुभयो ।

“आयोजना क्षेत्रको मात्रै अध्ययन गरेर हुँदैन, तल्लो र माथिल्लो तटीय क्षेत्रको पनि अध्ययन जरुरी छ, पहिरोको सम्भवना कतिको छ ? विगतमा के थियो ? भन्ने विषयमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “फेरि पनि लापारबाही भयो भने हेडवर्क्स स्थानान्तरण गर्दैमा आयोजना सुरक्षित हुने छैन ।”