१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यक: मन्त्री बस्नेत

वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यक: मन्त्री बस्नेत
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभएको छ ।

आजदेखि ललितपुरमा सुरु ‘वर्षातको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी सङ्कलन र व्यवस्थापन आवश्यक छ ।”

उहाँले जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको भन्दै पानी स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको सहज उपलब्धता हुनुपर्नेमा दिगो विकासका लक्ष्यले जोड दिएको छ । पानीको उपलब्धता बढाउन वर्षातको पानी सङ्कलन र व्यवस्थापनमा जोड दिनुपर्छ ।”

बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालि र नेदरल्याण्ड्स विकास नियोग संस्था ९एसएनभी० नेपालको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा सम्मेलन सुरु भएको हो । सम्मेलन भोलिसम्म चल्नेछ

सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ छन् । युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नगर विकास कोष, बायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भाएरोमेन्ट  र बेष्ट पानीलगायत सङ्घसंस्थाले सम्मेलनलाई सहयोग गरेका छन् ।

जलवायु परिवर्तनको असरले पानीको अभाव हुनसक्ने भन्दै समयमै समस्याको पहिचान र समाधानमा लाग्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो । उहाँले पानी स्रोत संरक्षणमा पनि  जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“नेपालमा आकाशे पानी सङ्कलन र व्यवस्थापनको राम्रो सम्भावना छ । पानीको सङ्कट निम्तिएमा मानव समुदाय, कृषि, तथा जैविक विविधता संरक्षणमा ठूलो असर पुग्छ”, उहाँले भन्नुभयो, “पानी अभावले हुनसक्ने सम्भावित जोखिम र असरबाट जोखिन सबैको पहल आवश्यक छ ।”

त्यसअवसरमा पूर्वमन्त्री गणेश साहले पानीको स्रोत संरक्षण, व्यवस्थापन तथा आकाशे पानी सङ्कलन व्यवस्थापनमा जोड दिनुभएको छ ।

स्मार्ट वास सोलुसन्स् एवम् आयोजक समितिका अध्यक्ष ई रामदीप साहले पानी जीवनका लागि अत्यावश्यक भएको भन्दै पानीका मुहान संरक्षणको महत्वबार प्रकाश पार्नुभयो । “जहाँ पानी प्रचूर मात्रामा उपलब्ध छ, त्यहाँ मानव सभ्यता विकास हुँदै गएको छ । भौतिक र औद्योगिक विकास बढ्दै गइरहेका छन्”, उहाँले भन्नुभयो, “जहाँ पानीको अभाव छ, ती स्थानहरु भौतिक र मानवीय विकासको सूचकाङ्कमा पछि परेका छन् ।”

उहाँले जलवायु परिवर्तनका कारण नियमित वर्षामा भइरहेको अवरोधले पानीका परम्परागत स्रोतमा पनि प्रतिकुल असर परिरहेको र पानीका मूलहरु सुक्दै गएको बताउनुभयो ।  हिउँ पग्लने गति बढिरहेकोमा उहाँले चिन्ता जनाउनुभयो ।

“एक अनुमानमा सन् २०५० सम्म विश्वका पाँच अर्ब ७० करोड मानिसले वर्षमा एक महिना खानेपानीको पनि अभावको सामना गर्नुपर्ने उल्लेख छ”, साहले भन्नुभयो, “एकातिर पानीको अभावको भयावह स्थिति छ भने अर्कोतर्फ जलवायु परिवर्तनका कारण संसारभर वर्षाको प्रवृत्ति परिवर्तन भइरहेको छ ।”

उहाँले सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरुले ३१ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । ती कार्यपत्रहरु वर्षातको पानी सङ्कलन र व्यवस्थापनका नीति, नियमन र संस्थागत ढाँचा, सन् २०३० सम्म सबैका लागि स्वच्छ खानेपानी आपूर्ति गर्ने दिगो विकास लक्ष्यको सन्दर्भमा वर्षातको पानीको उपयोगितालगायत विषयमा केन्द्रित हुने उहाँको भनाइ छ । रासस