१५ असार २०८३, सोमबार
,
Latest
कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा बाहेक सबै राजनीतिक दल जनताको अग्नि परीक्षामा असफल भए: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी गर्नुभएको छ ।

सोमवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष लिङदेनले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेको बताउनु भयो ।

अध्यक्ष लिङदेनले मधेसको नेतृत्व गर्ने पार्टीहरुले गएको १५ वर्षमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ५० जना नेताहरु मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको उल्लेख गर्नुभयो । उहाँले अब क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था नभएको भन्दै जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ रहेको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार ठिक भएको भन्दै राप्रपाले जनतालाई विश्वास दिलाउन मेहनत आवश्यक रहेको बताउनु भयो । उहाँले मधेश प्रदेश कमिटी र जिल्ला नेतृत्वलाई जनताको बीचमा जान आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक नेपाली जनताको भरोसा अरु कुनै राजनीतिक शक्ति छैन । अन्य सबै राजनीतिक शक्तिहरु जनताको अग्नि परीक्षामा असफल भइसकेका छन् । गलत सावित भइसकेका छन् । मधेसको मात्रै कुरा गर्ने हो भने गएको १५ वर्षमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता लागू भएको डेढ दशकमा मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरुबाट ५० जना नेताहरु मन्त्री हुने मौका पाए । मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गर्‍यो । ११७ जना मानिसहरुले साहदत प्राप्त गरे । तर मधेसको अवस्था के छ तपाईहरुलाई थाहा छ । क्षेत्र र जातको कुरा गरेर जनताले विश्वास गर्ने अवस्था छैन । सबै जनताको आशा राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ छ । हाम्रो पार्टीको विचार ठिक छ । तर त्यसको लागि नेताकार्यकर्ताले मेहनत गर्नुपर्छ । हामी जनताको बीचमा जानुपर्छ । हाम्रो विचार व्यवहारमा परिवर्तन आउनुपर्छ । फरक ढङ्गले आएको र त्यहीअनुसार काम गर्छौं भनेर विश्वास दिलाउनुपर्‍यो । जिल्ला तहको नेतृत्वले कार्ययोजना बनाएर काम गर्नुस् । २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेका छौं त्यसमा पनि तपाईहरुको व्यापक सहभागिता र सहयोग आवश्यक पर्छ ।’

उहाँले जिल्ला तहको नेतृत्वले कार्ययोजना बनाएर काम गर्न निर्देशन पनि दिनुभयो । उहाँले आगामी २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताउनु भयो ।