१५ असार २०८३, सोमबार
,
Latest
किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमस्टेक लगायतका संगठनहरु भीआईपीहरुको भ्रमणका निम्ति मात्रै प्रयोग भए: सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बिमस्टेक लगायतका संगठनहरुबाट नेपालले लाभ लिन नसकेको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गर्नुभएको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस्ता संगठनहरुको नेतृत्व गर्नबाट नेपाल चुकिरहेको बताउनु भयो । उहाँले नीतिगत नेतृत्व र रणनीतिगत उपयोग गर्न नेपालले नसकेको बताउनु भयो । उहाँले यस्ता संगठनहरुलाई भीआईपीहरुको भ्रमणका निम्ति मात्रै प्रयोग हुने गरेको बताउनु भयो । उहाँले यस्ता मञ्चहरु राष्ट्रिय हितका निम्ति प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा हामीले यस्ता संगठनहरुको नेतृत्व गर्न सकिरहेका पनि छैनौँ । नीतिगत नेतृत्व गर्न सकिरहेका छैनौँ । रणनीतिगत उपयोग गर्न पनि सकिरहेका छैनौँ । खालि यो भीआईपीहरुको भ्रमणका निम्ति सहभागी भएको मात्रै देखिएको छ । त्यसैले राष्ट्रिय हितका निम्ति यस्ता मञ्चहरुलाई कसरी प्रयोग गर्न सकिन्छ ? हाम्रो रणनीति के हो त ? यहाँ वडापत्रमा उल्लेख भएका विषयहरुले हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्‍याउनसक्छ ? वा हामीले यसलाई कसरी उपयोग गर्नसक्छौँ । त्यसकारण यो परराष्ट्र क्षेत्रमा जतिपनि हाम्रो मेकानिजम छ, त्यसले राष्ट्रिय हितमा कति सक्रिय भएर काम गर्न सकेको छ ? दुतावासले कति काम गर्न सकेको छ । त्यो कुरामा हामी निरपेक्ष भएको जस्तो देखिन्छ । सहभागी मात्रै महत्वपूर्ण होइन । लाभ लिने स्थिति बन्नुपर्छ ।’

सांसद पौडेलले राष्ट्रिय स्वार्थ पूरा गर्नका निम्ति कसरी सहयोग पुर्‍याउनसक्छ ? भन्ने विषयमा सोचेर कामहरु गर्न आवश्यक रहेको बताउनु भयो ।