२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश भएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गर्नुभएको हो ।

सम्झौता संसदमा पेश गर्दै मन्त्री बस्नेतले सौर्य उर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरु राष्ट्रहरुमा उर्जा पहुँच बढाउन उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको बताउनु भयो । उहाँले यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०८० वैशाख १९ मा स्वीकृत प्राप्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले भन्नुभयो, सौर्य उर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरु राष्ट्रहरुमा उर्जा पहुँच बढाउन उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०८०, १, १९ मा स्वीकृत प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद प्रतिनिधि सभा समक्ष प्रश्तुत गर्दछु ।’

मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद प्रतिनिधि सभा समक्ष प्रश्तुत गर्नुभएको हो ।