१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति

विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति
अ अ+ अ-

मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको बताउनुभएको छ ।

आज मकवानपुरको मनहरी गाउँपालिका वडा ९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकासको लक्ष्य लिएर अघि बढेको जिकिर गर्नुभयो । उहाँले विकास निर्माणलाई उत्पादनमुखी ढङ्गबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको बताउनुभयो ।

कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माण अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उहाँको भनाइ थियो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने समस्यालाई हल गरी पाँच वर्षे नीतिमा काम गर्दै प्रदेश सरकार अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । विकासको ढाँचा परिवर्तन गरी प्रदेश सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।

“प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरेको छ । स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले कामलाई परिस्कृत गर्दै अघि बढेको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौती देखिएको छ ।”

उहाँका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठूला सडक र पुलहरुमा लगानी गर्ने रणनीति बनाएको छ । साना योजना स्थानीय तहलाई कार्यान्वयन गर्न दिने गरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री जम्कट्टेलले बताउनुभयो । रासस