२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैन: सांसद परियार



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने बताउनुभएको हो ।

उहाँले सहकारी पीडितहरुले आफूहरुले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरुलाई न्याय दिलाउन नसक्दा बालेन साह र हर्क साम्पाङहरुले समेत गिज्याइरहेका बताउनु भयो । उहाँले हरेक घटनाका पीडितहरुले काठमाडौं आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित ठाउँमा नै समस्याको समाधान गर्नसक्ने अवस्था बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ति लाखौँलाख सहकारी पीडतहरुलाई न्याय दिलाउन नसक्ने हो भने हामी यो सरकारमा बस्नुको कुनै औचित्य रहँदैन । हामीलाई सहकारी पीडितले न्याय कहिले पाउँछौँ भनेर भनिरहेका छन् । बालेन र हर्कहरुले पनि हामीलाई गिज्याइरहेका छन् । हामी सत्तामा छौँ । सरकारमा छौँ । संघीय संसदमा छौँ । संसदमा बसेर हामीले कुरा उठाउँदै गर्दा पीडितले न्याय कहिले पाउने ? हजारौँ सहकारी पीडितहरुले काठमाडौंको सडकमा आएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हरेक घटनाहरु हुन्छन् र हरेक घटनापछि आम जनताहरु सडकबाट पैदल यात्रा गरेर काठमाडौं शहरमा आएर आन्दोलन गर्नुपर्ने अवस्था हामीले कहिलेसम्म गर्ने हो ? जतिसुकै घटनाहरु घट्छन्, तत्तत्: ठाउँमा नै समस्याको समाधान दिन सकेनौँ भने संसद र सरकारको कुनै औचित्य रहदैन ।’

‘सुन प्रकरणमा आयोगको प्रतिवेदनबाट, छानविनबाट जोसुकै दोषि हुन्, ति दोषिले कारबाही भोग्नुपर्छ । चाहे ठुलो माछा होस् । चाहे सानो माछा । कारबाही गर्नेकुरा सरकारको कुरा हो । दोषिहरु कोही नछुटुन् । हिजोअस्ति मात्रै जीवन चलाउने नाम गरेका व्यक्तिले दिल्लीबाट एउटा सनसनीपूर्ण भिडियो र अडियो रेकर्ड सार्वजनिक भएको छ । यदि जीवन चलाउनेले भनेको कुरा सत्य हो भने हामीले त्यसबारेमा छानविन गर्नुपर्छ कि पर्दैन ? जीवन चलाउनेले भनेको यदि सत्य हो भने सिआइबिकै पदाधिकारीहरुले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे ? आइजिपी बनाउँदाखेरी मलाई एक करोड पैसा चाहिन्छ भनेर एएटा व्यापारीसँग मोलाहिजा गर्ने काम कसरी हुँदैछ ? यदि यसरी नै सिआइबिबाट अथवा अन्य अनुसन्धान गर्ने निकायबाट यसरी फरार अभियुक्तबाट दिन दहाडै होटल रेस्टुरेण्टमा बसेर मोलमोलाइ गर्न थाले जनताले न्याय पाउने अवस्था रहँदैन । जीवन चलाउनेको भिडियो आएपछि हामी सशंकित छौँ ।’

उहाँले सुन तस्करी प्रकरणमा दोषि जो भएपनि कारबाही गर्नुपर्ने बताउनु भयो ।