६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भुमिका खेल्छु: सभापति शेर्पा



अ+ अ-

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ ।

सोमवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । आजै उहाँ समितिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । समितिको सभापतिमा एउटा मात्रै मनोनयन दर्ता भएसँगै समितिको सोमवारको बैठकबाट उहाँ निर्वाचित हुनुभएको हो ।

साथै आज नै सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । सभापति शेर्पाले सरोकार समितिलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको र नेपालको संविधानको परिधिभित्र रहेर काम गर्ने बताउनु भयो । उहाँले प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण हुने गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न आफ्नो भुमिका हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई अधिकार क्षेत्र पनि किटान गरेर दिइएको छ । नेपालको संविधानको परिधिभित्र रहेर हामी काम गर्छौं । हामी प्रतिपक्ष भन्दा पनि सरकारलाई सहजीकरण गरेर सरकारलाई राम्रो काम गर्ने वातावरण बनाउँछौँ । नतिजामुखी भएर काम गर्दछौँ ।’

उहाँले नतिजामुखी भएर समितिको काम गर्ने बताउनु भयो ।