१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै

कृष्णमन्दिर नियाल्दै, क्यानसभामा उतार्दै
अ अ+ अ-

ललितपुर । पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाल्नुभयो । चित्र कोर्न तम्तयार हुँदै गर्दा उहाँले मन्दिरतर्फ फर्केर नमस्कार गर्नुभयो । निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न सुरु गर्नुभयो । “मलाई नेपाल निकै मनपर्छ, यहाँ हरेक दृश्य चित्रकला कोर्नलायक छन्”, उहाँले बताउनुभयो ।

पाटनस्थित कृष्ण मन्दिर वरिपरि शनिबार ६० भन्दाबढी विदेशी कलाकारले प्रत्यक्ष दृश्य अवलोकन गरेर चित्र कोरेका थिए । इन आर्ट वल्डको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको ‘कला शाला’ को दोस्रो दिन विदेशी एवं स्वदेशी कलाकारले एकैसाथ कलाकृति सिर्जना गरेका थिए । कला शालामा मात्रै कलाकारले कला सिर्जना गर्नु मात्रै नभई कलाकारमा एकता विस्तार गर्नु अर्को महत्वपूर्ण उद्देश्य रहेको आकार आर्ट सेन्टरकी अध्यक्ष अनिता भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार नेपाली कलामा कलाकार एक मत हुन जरुरी छ । यही सन्दर्भ पारेर कला शालामा चित्रकला, मूर्तिकला, डिजिटल आर्ट, प्रिन्टमेकिङलगायत विभिन्न कला एकै ठाउँमा बसेर कलाकारले सिर्जना गरिएको हो । कलाशालामा बङ्गलादेश, भारत, इरान, ताइवान र नेपाल गरी पाँच देशका कलाकारले आआफ्नो शैलीमा कला सिर्जना गर्नुभएको थियो ।

पाटनको दरबार क्षेत्रअवलोकन गर्दै चित्र बनाइरहेका ताइवानका चित्रकार डेरियसले यहाँको परम्परागत भौतिक संरचना अत्यन्त रचनात्मक लागेको बताउनुभयो । आँखीझ्याल ठोकाका बुट्टाले आफूलाई धेरै आकर्षित गरेको उहाँले सुनाउनुभयो । “एउटा कलाकार नै लोभिने खालको अद्भूत कला छ नेपालमा”, उहाँ भन्नुहुन्छ, “अर्को पटक यिनै कलाको अध्ययन गर्न अलि धेरै समय बस्नेगरी नेपाल घुम्न आउनेछु ।”

बङ्गलादेशका चित्रकार कौशर हुसैनका लागि नेपाल आफ्नै देशजस्तै आत्मीय लाग्ने बताउनुभयो । धर्मले मुस्लिम समुदायको भए पनि नेपालको धार्मिक कला कौशलले निकै आकर्षित गरेको उहाँ बताउनुहुन्छ । पाटनको कृष्ण मन्दिर चित्रमा उतार्दै उहाँले सम्झनास्वरुप आफ्नो देश लैजाने सुनाउनु भयो । “हुन त म मुस्लिम हुँ तर, यो कृष्ण मन्दिरको तस्वीर घरै लगेर राख्नेछु”, उहाँले भन्नुभयो ।

नेपाली चित्रकार प्रमिला परियारले भने पाटन दरबार क्षेत्रको दृश्य अलि फरक ढङ्गले उतार्नुभयो । उहाँको बुझाइमा कलाकारले जे देख्छ, त्यही उतार्नु वास्तविक कला होइन । त्यो भइरहेको दृश्यमा मौलिकता थप्न सक्नु कला रहेको उहाँले बताउनुभयो ।

आइतबारसम्म चल्ने ‘कलाशाला’ मा कलाकारले पशुपति मन्दिर वरिपरिको दृश्यसमेत चित्रमा उतार्ने छन् । यसरी सिर्जना भएका कलालाई आयोजकले प्रदर्शन गरी बिक्री गर्नेछ । बिक्री भएबापतको ५० प्रतिशत रकम एचआइभी सङ्क्रमति बालबालिकाको संस्था ‘बेबी लाइफ होम’लाई सहयोग गरिने आयोजक भट्टराईले बताउनुभयो । कलाको व्यापारमा प्रोत्साहन दिन नेपाल जर्मन चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले व्यापारी नै उदार भएर कलाको संरक्षण गर्नुपर्ने बताउनुभयो । “कार्यशालामा कलाकारले बनाएका चित्र सकेसम्म बिक्री गराउने हेतु छ”, उहाँ भन्न्ुहुन्छ, “व्यापारीले नै कलालाई माया नगरे कला र कलाकार सङ्कटमा पर्छन् ।”

त्यस्तै, अर्का कला प्रेमी एवं साहित्यकार निर्मल थापाले नेपाली कलाको बजार विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको सहकार्य हुन जरुरी रहेको सुनाउनुभयो । उहाँका अनुसार कलाको विश्वव्यापीकरणले पर्यटनसमेत आकर्षण गर्न मद्दत गछ्र्र । रासस