१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: पूर्वसभामुख महारालाई काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याएको छ ।

प्रहरीले महरालाई भैरहवाबाट नियन्त्रण गरेर यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याएको हो ।

भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरु तथा गृह सचिव र प्रहरी उच्च अधिकृतलाई पक्राउ गरि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।