• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   ७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, तीन महिनाको समय निर्धारण ★   स्वास्थ्यमा सुधार नआएपछि कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी ★   मेरो र आफ्नो मान्छे खोज्ने परिपाटीको अन्त्य हुनुपर्छ: उपाध्यक्ष शाक्य ★   संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई हस्तान्तरण ★   टीओआरमा ४ बुँदे सहमति (पूर्णपाठसहित) ★   टीओआरमा चार बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो

कुस्ती संघको अध्यक्षमा कुसारी



काठमाडौं । नेपाल कुस्ती संघको चुनावी सधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य प्रकाशकुमार कुसारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा मुकेश शाह, सूर्यान्सकुमार चौधरी र निर्मल सिग्देल, महासचिवमा कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोजकुमार कटुवाल र सूर्यनारायण शाह तथा कोषाध्यक्षमा विपुल पौडेल रहेका छन् ।

सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, ऐटनकुमार मल्ल, लक्ष्मी उराव र विक्रमसागर पोखरेल सदस्यमा चयन भए ।

साधारणको राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । साधारण सभामा केन्द्र, ४ प्रदेश र २२ जिल्लाका ५२ प्रतिनिधिको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष कुसारीले जनाएका छन् ।

अब समान १–१ वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र उपमहासचिव, ३ सचिव र ६ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने अध्यक्ष कुसारीले जानकारी गराए ।