१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा चोरेको आरोपित महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौं। थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपित धरौटीमा छाड्न आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले दैलेखकी २७ वर्षीया मानकुमारी सिंहलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

फागुन ११ गते मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन्। उनले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छिन्।

थापाथली प्रसूति गृहबाट पूजन श्रेष्ठको २६ दिनको नवजात शिशु अस्पतालबाटै चोरी भएपछि प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानको क्रममा सिसिटिभी फुटेजमा मानकुमारीले बच्चा बोकेर लगेको देखिएको थियो ।