१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न आवश्यक पहल र समन्वय गर्छु: प्रधानमन्त्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न आवश्यक पहल र समन्वय गर्छु: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न सरकारले संवद्ध पक्षसँग आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आईतवार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै यस्तो बताउनुभएको हो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति आफूले पहल गरेको स्मरण गर्दै उहाँले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थलको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प गर्नुभयो । उहाँले पोखराको सांस्कृति र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने बताउनु भयो ।

उहाँले गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउने बताउनु भयो । उहाँले फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भुमिकाप्रति सम्मान व्यक्त गर्दै सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पुर्‍याउन पहल गर्ने बताउनु भयो । पोखराको पर्यटन प्रवद्र्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अलम्वन गर्ने बारेमा पनि सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवाहरुबाट व्यवसायिक उडानहरुको लागि संवद्ध पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मलाई विश्वास छ । जसरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निम्ति म आफैँले पनि धेरै मेहनत गरेको छु । अब यसमा अन्तर्राष्ट्रिय उडान नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र यसको खर्चबारे पनि नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प मैले लिएको जानकारी गराउन चाहन्छु । पोखराको सांस्कृति र आर्थिक विकासका लागि कोरला—त्रिवेणी नाकालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।’

‘अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, मनास्लु संरक्षण क्षेत्र परियोजनाको प्रचलित कानूनमा संशोधन गरी स्थानीय नागरिकको स्वामित्व कायम हुनुपर्ने प्रदेशवासीको मागबारे म जानकार छु । यो समस्या सम्बोधन गर्न मैले पहल गर्दै आएको स्मरण गराउँदै यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने विश्वास दिलाउन चाहन्छु । फेवाताल संरक्षणका बारेमा प्रदेश सरकार, महानगर लगायत स्थानीय सरकार र जनताले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतको फैसला र स्थानीय जनसमुदायको भावनासमेत सम्बोधन गर्नेगरी निष्कर्षमा पुर्‍याउन पहल गरिनेछ । पोखराको पर्यटन प्रवर्धनमा पर्यटकहरूका लागि सङ्घीय सरकारले सहुलियतपूर्ण नीति अबलम्वन गर्नुपर्ने यहाँहरूको चासोलाई समेत मैले गम्भीरतापूर्वक लिएको छु ।’

kf]v/f,$ r}tM
kf]v/f ko{6g /fhwfgL 3f]if0ff ;df/f]x
u08sL k|b]z ;/sf/ / kf]v/f dxfgu/kflnsfåf/f kf]v/fdf cfOtaf/ cfof]lht kf]v/f ko{6gsf] /fhwfgL 3f]if0ff ;df/f]xdf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú u08sL k|b]zsf d’VodGqL ;’/]G›/fh kf08] . tl:a/M /flwsf sF8]n÷/f;;

प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानूनी र प्रक्रियागत सुधार, रणनैतिक योजनासहितको पर्यटकीय पूर्वाधार विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जवाफदेही तथा क्षमता विकासलाई योजनावद्ध रुपले अघि बढाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत अन्य स्थानीय तह र निजी क्षेत्रबीच समन्वय भइ प्रभावकारी रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रुपमा विकास गर्न नेपाल सरकारले आउने दिनमा उच्च प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिने बताउनु भयो । पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानी कर्ताहरुबाट लगानी आकर्षित गर्न नेपाल सरकारले सहजीकरणको निम्ति आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी महिनामा आयोजना हुन लागेको लगानी सम्मेलनले समेत पोखराको पर्यटन विकासमा योगदान पुर्‍याउने बताउनु भयो ।