• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विवाह प्रस्ताव नमानेपछि युवतीको हत्या, एकजना पक्राउ



काठमाडौं। प्रहरीले युवतीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका– ३ तारेभिरकी १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा प्रहरीले २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको हो ।

बुढानिलकण्ठ माविमा कक्षा १२ मा अध्ययनरत सुष्माको शव शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो । उनी माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी थिइन् । सम्पर्कबिहीन भएपछि उनको परिवारले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रेमको कारण हत्या गरिएको खुलेको अनुसन्धानमा खटिएका प्रहरीले बताए । रुपेन्द्रले पटक पटक विवाह प्रस्ताव गरेको र सुस्माले अस्वीकार गर्दै आएकी पाईएको छ । मृतक युवतीको भित्र घाँटीभन्दा तलसम्म माटो भएका कारण उनलाई जिउँदै गाडिएको प्रहरीको आशंका छ।

घटनापछि रुपेन्द्रले सुस्माको मोबाइल र पुस्तकहरू लिएर आफ्नै घर गएका र विवाह गरेर भागेजस्तो देखाउन एउटा नव विवाहित दम्पत्तीको तस्बिर एडिट गरेर सुस्माको फेसबुकमा पोस्ट गरेको प्रहरीले बताएको छ । उनले सुस्माको फेसबुक अकाउन्टमा आफूले विवाह गरेको र केही दिनपछि आउने समेत लेखेका थिए ।