१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

निरङ्कारी सन्त समागममा पचास हजार भारतीयको भीड

निरङ्कारी सन्त समागममा पचास हजार भारतीयको भीड
अ अ+ अ-

भक्तपुर । सन्त निरङ्कारी मण्डल नेपालको आयोजनामा भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु २३औँ निरङ्कारी सन्त समागममा भारतीयहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

पहिले मानव बन, एकलाई जान, एकलाई मान र एक होऔँ भन्ने मूल नाराका साथ विश्व भाइचारा एवं शान्ति स्थापनाको उद्देश्यले यसवर्ष नेपालमा आयोजित समागममा भारतीयसहित विभिन्न देशबाट आएका अनुयायीको भीड लागको सन्त निरङकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।

शनिबार बिहानदेखि सुरु उक्त कार्यक्रममा सतगुरु माता सुदीक्षाजी महाराजले शान्ति ज्ञान प्रवचन दिनुहुनेछ । शनिबार नेपाली, नेवारी, हिन्दीलगायत विभिन्न भाषामा विभिन्न व्यक्तित्वबाट प्रवचन दिइएको र आज पनि प्रवचन एवं प्रदर्शनी जारी रहेको उहाँले बताउनुभयो ।

आज पनि बिहानैदेखि विभिन्न कार्यक्रम सुरु भएको र दिउँसो १ बजेदेखि साँझसम्म सुदीक्षाजी महाराजको प्रवचन हुनेछ । सन्त निरङकारी मण्डल भारत दिल्लीका विदेश विभाग इन्चार्ज विनोद बोहराले यहाँ जारी समागमले विश्वमा शान्ति कायम गर्न र सबैमा भाइचाराको सम्बन्ध गास्दै विश्व शान्तिको सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले यो मिसन कुनै धर्म प्रचार नभएको बताउनुभयो । कार्यक्रममा हिन्दू, मुस्लिम, ईशाईलगायत सबै धर्म, विचार, जातिको सहभागिता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मण्डलका ंक्षेत्रीय इन्चार्ज एवं काठमाडौंँ प्रमुख बाबुराज महर्जनले समागममा आएका सबैलाई नि:शुल्क खाना, पानी, बस्ने, सुत्ने, शौचालय, स्वास्थ्य शिविरको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भारतबाट आएका करिब एक हजार एक सय सुरक्षा स्वयंसेवक र नेपालका सात सय महिला र पाँच सय पुरुष गरी एक हजार दुई सय सुरक्षा स्वयंसेवकमार्फत कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । नेपालमा रहेका ४५ हजार अनुयायीमध्ये २० हजारभन्दा बढी समागममा सहभागी भएको उहाँको भनाइ छ ।

मण्डलका मिडिया विभाग संयोजक प्रिमल सिंहले विश्वबन्धुत्व लागि नेपालमा दुईदिने प्रवचनसहितको विश्व अभियान सञ्चालन भएको बताउनुभयो । उहाँले अभियान स्वेच्छिक अनुदानबाट सञ्चालित भइरहेको बताउनुभयो ।

उहाँले नेपालमा सन् २०२० मा अछामबाट सुरु भएको सन्त निरंकारी अभियानमा काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरी ३९ जिल्लामा एक सय २५ वटा भवन स्थापना गर्दै सत्सङ सञ्चालन भइरहेको बताउनुभयो । उहाँले यस अभियानबाट १२ लाख १६ हजार दुई सय १७ युनिट रगत सङ्कलन गरेको बताउनुभयो ।

अन्र्तमनको सुकुन एवं शान्तिको दिव्य सन्देशलाई विश्वभर फैलाउने उद्देश्यले सन् १९२९ मा भारतको पेशावरबाट बाबा बुटा सिंहले सुरु गरेको यो अभियान सन् १९४३ मा बाबा अवतार सिंहले, सन् २०६२ मा बाबा गुरबचन सिंहले सन् १९८० बाट बाबा हरदेव सिंहले, सन् २०१६ बाट माता सविन्दर हरदेवले र सन् २०१८ बाट सत्गुरु माता सुदीक्षाजीले यो मिसन सञ्चालन गर्दै आउनुभएको छ ।