२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

करफोकमा गुञ्जियो नेपथ्य आवाज



अ+ अ-

करफोक (इलाम): पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ । त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि विदा परेको विद्यालयबाहेक यस स्थानमा चहलपहलको खासै आधार देखिँदैन ।

शनिबार बेलुकी भने यसै सुनसान फाँटमा अचानक हजारौं दर्शक जम्मा भए । सदैव सहर बजारको भिडभाडमा उभिने नेपथ्यले यसरी पहिलोपटक आफुलाई प्रकृति र संगीतको समागममा दर्शक अघिल्तिर प्रस्तुत गरेको छ ।

कन्सर्ट सुरुहुनु केहिघन्टा अगावैदेखि फिक्कलबाट सदरमुकाम इलाम बजारलाई जोड्ने राजमार्गमा चलहपहल सुरुभएको थियो । निकै परबाट आएका दर्शकहरु आफ्ना सवारी साधन राख्ने ठाउँ खोज्दै पर परसम्म फैलिएका देखिन्थे । चार बजे बेलुकी ढोका खुलेपछि उनीहरु अलि अलि गर्दै करफोक विद्यामन्दिरको परिसरतर्फ ओर्लन सुरुगरे ।

तोकिएको समय अर्थात् बेलुकीको ठीक छ बजे कन्सर्ट सुरुभएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’ बाट साँझको थालनी गरेका थिए ।

हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकोले नजिकै पर्ने यो ठाउँमा साथीहरुसँग आयौं,’ कन्सर्टकै लागि दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहेका थिए, ‘बबाल रमाइलो लाग्यो फिक्कलपञ्चकन्या र कन्याम गाविस जोडेर बनेको यस सूर्योदय नगरपालिकाको सिमाना भारतसँग जोडिएको छ 

नेपथ्यको उपस्थितीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्ने अवसरका रुपमा पनि लिएका छौं,’ नगरप्रमुख रणबहादुर राइले भने, ‘चियाको निम्ति प्रसिद्ध यस स्थानलाई अब पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पनि यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास छ ।’

कूल भूभागमध्ये ६० प्रतिशतभन्दा बढी चियाबगानले ओगटेको यो नगरपालिकाले वर्षेनी ५० लाख किलोभन्दा बढी चिया उत्पादन गरेर यहाका माटो हावापानीको स्वाद संसारभरलाई बेच्नेगरेको छ । देशमै सबैभन्दा पहिले सूर्योदय देखिने श्रीअन्तुदेखि लिएर सूर्यास्तका मनोरम दृश्य देखिने उच्च भूभागका रमाइला चियाबारी र धुपी सल्लाका जंगलहरु यस भेगमा जताततै पाइन्छन् । पछिल्लो समय सुविधाजनक होटलहरुले भरिभराउ यो स्थान अब ब्यापक स्तरमा पर्यटकहरुलाई निम्त्याउन तम्तयार छ 

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरेः ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ ।’ अमृतले तमाम दर्शकहरुलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आव्हान पनि गरे 

यसपालाको कन्सर्टमा सँधै दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरु लगायत भर्खरै रिलिजभएको पचासै वर्षमा जुग कहाँ पुग्यो नि’  पनि प्रस्तुत गरिएको थियो 

युवायुवतीको बाहुल्यता रहेको भीँडमा दर्शकहरुबीच विविधता पनि उत्तिकै देखिन्थ्यो 

राजधानी काठमाडौंको सञ्चारकर्ममा धेरै वर्ष बिताएका लेखक केदार शर्मा पछिल्लो समय करफोकस्थित जन्मथलोमै आएर बसोबास गर्नथालेका छन्  शनिबार घर छेवैको मैदानमा आयोजित नेपथ्य कन्सर्टमा उनी पनि भेटिए 

धेरै पहिलेदेखिको चिनजान भएता पनि नेपथ्य समूहको कन्सर्ट हेर्ने अवसर मलाइ बल्ल आफ्नै आँगनमा जुरेको छ,’ शर्मा भनिरहेका थिए, ‘अमृतजीको उर्जा हामी सबै दर्शकहरुमा विस्तारहुँदा गज्जब रमाइलो लाग्दो रहेछ ।’

इलामको गढीथुम्कामा निर्माणाधिन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुती थियो 

कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,’ आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, ‘यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ ।’

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्ने?’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए 
यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो 
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा निरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए 

नेपथ्यले यसै महिनाको अन्त्यमा आफुलाई फेरि इलामकै छेउमा उभ्याउने भएको छ । नयाँ वर्षको अघिल्लो रात ब्याण्ड फेरि बिर्तामोडमा प्रस्तुत हुने छ 




भर्खरै