१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रश्ताव पारित



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रश्ताव पारित गरेको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो । बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्य विक्रम संवत २०४६ सालको आन्दोलनबाट राजनीतिक यात्र शुरुवात गर्नुभएकी मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा मिति २०८० साल चैत्र ४ गते आईतवार उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’

सांसद शर्मा २०७९ सालको निर्वाचन समानपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा शुरु गर्नुभएकी ६० वर्षीया उहाँको चैत्र ४ गते (आज बिहान) काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोली) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।