१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा संलग्न देखिएका सबैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा संलग्न देखिएका सबैलाई दबाब र प्रभावमा नपरी कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बोलाएर सुन नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

गृहमन्त्री लामिछानेले प्रतिवेदनले औंल्याएका पूर्वसभामुख कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई कुनै दबाब र प्रभावमा नपरी कारबाही गर्न निर्देशन दिएका सचिवालयले जनाएको छ ।