२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालक्ष्मी—७ चांगाथलीमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण शुरु



अ+ अ-

ललितपुर, ३ चैत । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित पञ्चकन्या मन्दीर परिसरमा रहेको ८ आना क्षेत्रफल जग्गामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण शुरु गरिएको छ ।

बागमती प्रदेशको विशेष बजेटबाट प्राप्त एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको तीन तल्ले सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले शनिबार विहान संयुक्तरुपमा शिलान्यास गरे ।

‘बर्थिङ्ग सेन्टर’को रुपमा समेत विकास गरि दैनिक बहिरङ्ग र प्रयोगशाला सेवा उपलब्ध गराउने गरि स्वास्थ्य चौकी निर्माण गर्न लागिएको सो वडाका वडाध्यक्ष बाबुराजा महर्जनले बताए ।

वडाध्यक्ष महर्जनका अनुसार नपुग रकम थपेर आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म निर्माण सम्पन्न गरि भवन हस्तान्तरण गर्ने गरि निर्माण व्यवसायीलाई निर्माणको ठेक्का दिईएको हो ।

‘भवन निर्माण सम्पन्न भएपछि नयाँ भवनबाट एमबिबिएस डाक्टरको दरवन्दी व्यवस्था गरि वडावासीलाई सुविधासम्पन्न स्वास्थ्य सेवा दिइने वडाको योजना छ’—वडाध्यक्ष महर्जनले भने ।

वडा कार्यालयले हाल सो वडाको चांगाथलीस्थित चाँदनीचोकमा रहेको अस्थायी स्वास्थ्य चौकीबाट वडावासीलाई दैनिक बहिरङ्ग स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

जटिल खालका र आकस्मिक सेवाको लागि भने सो नगरपालिका क्षेत्रमा रहेको किस्ट मेडिकल कलेज र पाटन अस्पतालमा विरामी जाने गरेको छन ।
स्वास्थ्य चौकी भवन शिलान्यास समारोहमा महालक्ष्मी नगरपालिका वडा नं १ का वडाध्यक्ष छिरीङ्ग लामा, वडा नं ५ का वडाध्यक्ष कपिल केसी र वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटी, नगरपालिकाको शिक्षा शाखा प्रमुख चिरञ्जीवि पौडेल तथा वडाको स्वास्थ्य चौकीका प्रमुख अजय केशरी लगायत स्थानीय जनप्रतिनिधिहरु र स्थानीय वासिन्दाको सहभागिता थियो ।