२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालक्ष्मी—७ चांगाथलीमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण शुरु



अ+ अ-

ललितपुर, ३ चैत । महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीस्थित पञ्चकन्या मन्दीर परिसरमा रहेको ८ आना क्षेत्रफल जग्गामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण शुरु गरिएको छ ।

बागमती प्रदेशको विशेष बजेटबाट प्राप्त एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको तीन तल्ले सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले शनिबार विहान संयुक्तरुपमा शिलान्यास गरे ।

‘बर्थिङ्ग सेन्टर’को रुपमा समेत विकास गरि दैनिक बहिरङ्ग र प्रयोगशाला सेवा उपलब्ध गराउने गरि स्वास्थ्य चौकी निर्माण गर्न लागिएको सो वडाका वडाध्यक्ष बाबुराजा महर्जनले बताए ।

वडाध्यक्ष महर्जनका अनुसार नपुग रकम थपेर आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म निर्माण सम्पन्न गरि भवन हस्तान्तरण गर्ने गरि निर्माण व्यवसायीलाई निर्माणको ठेक्का दिईएको हो ।

‘भवन निर्माण सम्पन्न भएपछि नयाँ भवनबाट एमबिबिएस डाक्टरको दरवन्दी व्यवस्था गरि वडावासीलाई सुविधासम्पन्न स्वास्थ्य सेवा दिइने वडाको योजना छ’—वडाध्यक्ष महर्जनले भने ।

वडा कार्यालयले हाल सो वडाको चांगाथलीस्थित चाँदनीचोकमा रहेको अस्थायी स्वास्थ्य चौकीबाट वडावासीलाई दैनिक बहिरङ्ग स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

जटिल खालका र आकस्मिक सेवाको लागि भने सो नगरपालिका क्षेत्रमा रहेको किस्ट मेडिकल कलेज र पाटन अस्पतालमा विरामी जाने गरेको छन ।
स्वास्थ्य चौकी भवन शिलान्यास समारोहमा महालक्ष्मी नगरपालिका वडा नं १ का वडाध्यक्ष छिरीङ्ग लामा, वडा नं ५ का वडाध्यक्ष कपिल केसी र वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटी, नगरपालिकाको शिक्षा शाखा प्रमुख चिरञ्जीवि पौडेल तथा वडाको स्वास्थ्य चौकीका प्रमुख अजय केशरी लगायत स्थानीय जनप्रतिनिधिहरु र स्थानीय वासिन्दाको सहभागिता थियो ।

 




भर्खरै