२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar रसुवाको स्याफ्रुबेसीमा प्रचण्ड: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

बुटवलबाट प्रधानमन्त्रीको गर्जन :आगामी निर्बाचनमा स्पष्ट बहुमत आउछ (फोटोफिचर)

बुटवलबाट प्रधानमन्त्रीको गर्जन :आगामी निर्बाचनमा स्पष्ट बहुमत आउछ (फोटोफिचर)
अ अ+ अ-

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको लुम्बिनी प्रदेशद्धारा बुटबलमा सनिबार  आयोजना गरेको सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले संविधान सम्मत र विशेषाधिकार प्रयोग गरेर आफुले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको हो । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षडयन्त्र हुन थालेपछि आफुले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “ संविधान विपरित होइन विल्कुल संविधानसम्मत ढंगले विघटन भएको छ । म लगभग दुई तिहाई अर्थात् ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले विघटन गरेपछि अर्को कुनै विकल्प छैन । मलाई चलाउन नदिएपपछि, मैले चलाउ नसक्ने अवस्था भएपछि र देश अस्थिरता तर्फ धकेलिने अवस्था भएपछि मैले संसद विघटन गरेँ । काम गर्न नदिने, अस्थिरता तर्फ लाने, लोकतान्त्रिक प्रणाली र प्रक्रिया चल्न नदिने, अलोकतान्त्रि अस्वस्थ प्रक्रियातर्फ देशलाई धकेल्ने, ती प्रयासहरु जब आफ्नै भित्रबाट हुन थाले, मैले वहुमतको प्रधानमन्त्रीको हिसाबले संसद विघटन गर्नुपर्यो । र त्यो संविधान सम्मत छ ।

संविधानको धारा ७६ १ अन्तरगतको सरकारले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम विघटन गरिएको हो । धारा ८५ ले भने अनुसार विघटन गरेको हो । प्रधानमन्त्रीको विशेषाधिकारको प्रयोग गरेर विघटन गरेको हो । त्यसकारण यो संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ ।”

अदालतलाई दबाब दिने अनेक प्रकारका काम भएको उल्लेख गर्दै उहाँले अदालतले मुलुकलाई अस्थिरता तर्फ धकेल्नेछैन भन्ने विश्वास आफुले लिएको बताउनुभयो । उहाँले भन्नुभयो “देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मैले विश्वास लिएको छु । अस्थिरता तर्फ देशलाई फर्किन दिनु हुदैन । अब कुनै पार्टीको बहुमत रहदैन यसपछि यदि संसद पुर्नस्थाना हुने हो भने । बहुमत नरहेपछि किनबेच, मोलतोल सुरु हुने, अनुचित समिकरण सुरु हुने,बाँकी डेढ बर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्छ । त्यसैले अब अलमलिने होइन सोझै जनतामा जनादेशका लागि जानुपर्छ । ”


बहुमत र समानुपातिकमा ५० लाख मत ल्याउने
प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर झुक्याएर सत्तामा जाने भर्याङ बनाएको भन्दै उहाँले आफुलाई लोकप्रिय छौ भन्नेहरु चुनाव किन डराएको भनी प्रश्न गनुभयो । उहाँले आफुहरुले निर्वाचनमा प्रत्यक्ष तर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभयो “यदि कसैलाई आफु लोकप्रिय छौ भन्ने लाग्छ भने जनमतमा आउनुहोस् । माछे हेर्ने मात्रै किन ? गनौ ला नि बाकसबाट मतपत्रै निकालेर गनौला नि । कसको समर्थनमा कति भन्ने ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौ घटाएर देखाउनुहोस् न त्यो मत । हामी प्रत्यक्ष तर्फ बहुमत सिट ल्याउँछौ घटाएर देखाउनुहोस् न । किन आत्तिनुभएको चुनावबाट ?”

आफुले दलहरु आन्दोलित र विभाजित भएको बेला ५० बर्ष भन्दा अगाडि एक तारे एकिकरणको अभियान सुरु गरेको र ३ बर्ष अगाडि माओवादी केन्द्र र एमालेलाई मिलाएर एउटा ससक्त कम्युनिष्ट पार्टी बनाउने अगुवाई गरेको स्मरण गर्दे देश बनाउने नभई आफु बन्ने उद्देश्य बोकेकाहरुले काम गर्न नदिएको प्रधानमन्त्रीको भनाई थियो । उहाँले देश बनाउन र स्वभिमान उठाउन नभई नेपालको नक्सा प्रकाशित गर्ने नेतृत्व गरेपछि आफ्ना विरोधीहरु आत्तिएको र आफुलाई प्रधामन्तन्त्रीबाट हट्नु पर्यो भनेको बताउनुभयो ।

पार्टी नफुटेको र फुट्दैन भन्ने कुरा सभाहरुमा हुने उपस्थितिले देखाएको देखाएको भन्दै उहाँले आफ्नो व्यक्तिगत स्वार्थ, गुटबन्दी गर्ने, उद्देश्य नमिलेका र देश बनाउने सपना नबोकेका, सम्मृद्धि र देश बनाउने उद्देश्यलाई अस्वीकार गर्ने तत्वहरु मात्रै बाहिरीएको बताउनुभयो ।  
प्रचण्ड माधव समुहले विगतमा पार्टी भित्र बसेर गाली गरेको, रेडियो, टिभिमा गएर मनपरि बोलेको र अहिले पार्टी बाहिर गएर मनपरि बोलेको उहाँले बताउनुभयो । पार्टी सुद्धिकरण गर्नुपर्ने आवश्यकता परिरहेका बेला प्रचण्ड माधव समुह बाहिर गएर महान सुद्धिकरणका लागि ढोका खोलेको बताउनुभयो । अब पार्टी सुद्धिकरण भई अनुशासित र गतिशिल ढंगले अघि विचार बोकेको पार्टीको रुपमा अब पार्टी अघि बढेको दाबी गर्नुभयो । केही मानिस पार्टी छोडेर गएको र कठै बरा भन्नुपर्ने मानिसहरु नगएको जिकिर पनि उहाँले गर्नुभयो ।


जनसभागिता हेर्न आमन्त्रण
प्रधानमन्त्री ओलीले जनसभागिता र जनसभा हेर्न बुटबल आउन प्रचण्डलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “३ दिन अगाडि मात्रै देशभरीबाट मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि मान्छे हेर्न जनसभागीता हेर्न यहाँ आउ केपी ओली भनेर मलाई केही मान्छेहरुले भनेका थिए । आज म देशभरीको होइन लुम्बिनी प्रदेशको यो बुटवलको सभा हेर्न आउनका लागि आग्रह गर्न चााहन्छु । आउनुहोस् जनसहभागीता कस्तो हुन्छ । ”
बलात्कारीलाई नछोडिने
उहाँले निर्मला, भागीरथी लगायतका बलात्कारी र हत्याका आरोपितहरुलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । काठमाण्डौमा महिला हिंसा अन्त्य गरि बलात्कारी र हत्यारालाई कारवाही गर्न दिनहुँ आन्दोलन र विरोध प्रर्दशन भईरहेका बेला लुम्बिनी पुगेर प्रधानमन्त्रीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानी मुनि गए पनि नछोडिने र सँजाय पनि कम नहुने बताउनुभएको हो । उहाँले ठिलै भएपनि सबै घटनाका दोषि अपराधीलाई सरकारले पक्राउ गर्ने आवश्वासन दिनुभयो ।


गाली पुराण
केही दिन अगाडी काठमाण्डौमा प्रचण्ड माधव समुहले गरेको सभालाई उहाँले गाली पुराणको संज्ञा दिनुभयो । माघ २८ गते आयोजित सभामा केपी ओलीलाई धपाउने भन्दै सबै बक्ताले लाईन लागेर गाली पुराण चलाएको उहाँको भनाई थियो । गाली पुराण खण्ड १ देखि १७ वटा गाली पुराणका खण्ड सुनाएको उहाँले उल्लेख गर्नुभयो । आफुले प्रचण्ड माधव समुहसंग कुनै प्रतिष्पर्धा गर्नु नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो“उनीहरुसंग कुनै प्रतिष्पर्धा गर्नु छैन । उनीहरुसंग विचार मिल्दैन । सिद्धान्त मिल्दैन । उनीहरु आफ्नालाई भलो गर्न चाहन्छन् । शासनसत्ता कब्जा गर्न चाहन्छन् । हामी देश र जनताको भलो गर्न चाहछौ ।  ”

सुर्य चिन्हको विवाद आबश्यक छैन

प्रधानमन्त्री ओलीले आफुले अहिले सम्म सुर्य चिन्ह बाहेक अरु चिन्हबाट नलडेको र आफुहरुले नै दर्ता गराएको भएकाले सुर्य चिन्ह कसको भन्नेमा विवाद गर्नुनपर्ने दाबी गर्नुभयो । २०४७ साल पछि निर्वाचन आयोगमा सुर्य चिन्ह दर्ता गराउने आफुहरु नै भएको र प्रचण्डले जीवनमा एकपटक पनि सुर्य चिन्हबाट चुनाव नलडेको भन्दै उहाँले कुन आधिकारीक भन्ने छलफल गरिरहनुपर्ने विषय नभएको बताउनुभयो । देशमा न्याय नमरेको भन्दै उहाँले आफुहरु सत्यको मार्गमा रहेकाले जीत असंभावी रहेको बताउनुभयो । आक्रोश आवेश र रिस रागबाट सञ्चालित नभई देश बनाउन हिडेकाले आफुहरुले जित्ने दाबी गर्नुभयो
लालकिल्ला
उहाँले प्रचण्ड नेपाल समुहको उद्देश्य देश विगार्ने रहेको बताउनुभयो । विगतमा प्रचण्डले युवाहरुमा विभिन्न प्रलोभन सहितका सपना देखाएको तर आज त्यो जमाना नरहेकाले भ्रमको जादु नचल्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “यो राणा शासन होइन । यो पञ्चायतीकाल होइन । प्रचण्डले झुक्काउनुभएको थियो १० बर्ष सम्म । प्रचण्डले कस्तो गर्नुभएको थियो ? एउटा गाउ गाउमा म सानो हुदाखेरी आउँथ्यो एउटा बाक्सा लिएर, क्यामरा जस्तो लिएर । अनि भन्थ्यो कलकत्ताका आउडाका पुल देखो,दिल्लिका कुतुमिनार देखो, लालकिल्ला देखो, आग्राका ये देखो । उहाँले हाम्रा युवाहरुलाई त्यसै गर्नुभयो । क्रान्तिका सपना देखो, परिवर्तनका सपना देखो , समाजवादका सपना देखो मिरमिरे १० पैसा गायब । अब त्यो जमाना गयो । उहाँले लालकिल्ला र कुतुमिनार देखाउने आउडाका पुल र ताजमहल देखाउने समय गयो । उहाँले जुन १० पैसा पचाउनुभयो १० बर्ष सम्म पचाउने समय गयो । अब जनता अलमलिदैन । नअलमलिकन अगाडी बढौ ।”

उहाँले लुम्बिनी प्रदेशमा भएका विकास निर्माण तथा पुरातात्विक महत्वका विषयमा सरकारले गरेका कामहरुको पनि चर्चा गर्नुभयो । उहाँले लुम्बिनी र कविलवस्तुको ऐतिहासिक धार्मिक महत्व बारे पनि प्रवचन दिनुभएको थियो । उहाँले डिजिटल नेपाल निर्माणका लागि गरेको कामको फेयरिस्त सहितसामाजिक सुरक्षाका क्षेत्रमा सरकारले काम गरेको, सामाजिक सुरक्षाको दायरा विभिन्न ढंगले बढेको पनि बताउनुभयो ।

उहाँले भूमिहिन र सुकुम्बासी लगायत सम्पुर्ण भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । सरकारले गरेको असाधारण विकास देखेर विरोधीहरु आत्तिएको अनि आगामी निर्वाचनमा व्यहोर्नुपर्ने हारबाट डराएर देशी विदेशी प्रतिक्रियावादी षडयन्त्रहरु झुमझुमाएर आफु विरुद्ध आएको दाबी उहाँले गर्नुभयो । उहाँले फागुन ३ गते दोश्रो पटक प्रधानमन्त्री भएको ३ बर्ष पुगेको अवसरमा सरकारले गरेका कामहरु सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।