२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar रसुवाको स्याफ्रुबेसीमा प्रचण्ड: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

प्रधानमन्त्रीले भने भगवान राम जन्मिने बेलाका सुँडेनी खोज्न म कहाँ जाउँ ?

प्रधानमन्त्रीले भने भगवान राम जन्मिने बेलाका सुँडेनी खोज्न म कहाँ जाउँ ?
अ अ+ अ-

बुटबल । प्रधानमन्त्री केपी ओलीले आफूले भगवान रामचन्द्र जम्निने बेलाका सुँडेनी खोज्न म कहाँ जाउँ भनी प्रश्न गरेका छन्  । शनिबार बुटबल उपमहानगरपालिका, ३ बमघाटमा आज लुम्बिनी केबलकारको शिलान्याश गर्न पुगेका प्रधानमन्त्री ओलीले भने– भगवान रामचन्द्रको जन्म कहिले भएको हो ? अनि म उहाँ जन्मिने बेलामा उहाँकी आमा कौशल्याको सुँडेनी को बसेको थियो भनेर कहाँबाट भेटौँ ? 
यसअघि प्रधानमन्त्री ओलीले भगवान रामको जन्म नेपालको पर्सा जिल्लाको ठोरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  उनको सो भनाईप्रति धेरैले आफ्नै प्रतिक्रिया दिएका थिए । आजको उनको सो भनाई पनि यसैप्रति लक्षित थियो । 
सो केबलकारको शिलान्याशपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने– अस्ती मैले एकजनाले भाषण गर्दै गरेको सुनेँ कि केपी ओलीले रामचन्द्र नेपालमा जन्मिएका हुन् भन्यो, त्यो प्रमाणित गर्नुपर्यो नि । 
उनको यो भाषण सुनेर आफूलाई अचम्म लागेको प्रधानमन्त्रीले बताए । हो, नेपाल ध्यान भूमि, तपोभूमि र ज्ञानभूमि हो, तर हामीले ऐतिहासिक र पूरातात्विक तथ्यहरु खोज्नुपर्छ, सबै भेटिन्छ ।  कतिपय मानिसहरुलाई आफ्नो देशको ऐतिहासिकता, सांस्कृतिक महत्वका बारेमा पनि गर्व छैन, उनीहरु अहिले पनि भन्दैछन् कि केपी ओलीले त्यो प्रमाणित गर्नुपर्यो ।