२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar रसुवाको स्याफ्रुबेसीमा प्रचण्ड: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

१४ फेब्रुअरी १४ प्रेम कविता

१४  फेब्रुअरी  १४ प्रेम कविता
अ अ+ अ-

रुपा घिमिरे 
थाहा नै नपाई जिन्दगीको उत्तरार्धमा पुगेर 
फूल्न छाडेपछि प्रेमवृक्ष
मैले बल्ल बुझेँ बैँसको सौन्दर्य 
मैले बल्ल महशुश गरेँ प्रेमको शक्ति
र ज्ञात भयो जीवन चक्र ।

एलिसा ढुंगाना – प्रेमवृक्ष 

कवि एलिसा ढुंगानाले ‘प्रेम वृक्ष’ कवितामा भनेझैँ प्रेमको शक्ति र जीवनको चक्रलाई बुझ्ने प्रयत्न गरेका छन् कविताका माध्यमबाट । प्रेम चराचर जगतको सवोच्च उपलब्धि भएको सत्यलाई आत्मसाथ गर्दै १४ जना कविले १४ फेब्रोअरीका दिन प्रेम कविता वाचन गरे । उनीहरुले प्रेमिल शब्दहरुलाई प्रयोग गरेर चलनचल्तीका आकर्षण विकर्षणको खेलभन्दा माथि रहेको नैसर्गिक प्रेमको वकालत गरेका छन् । 
अगणित युग प्रणयमय बनाओस्
पूर्ण होस् आकांक्षको अनुष्ठान
सधैँसधैँ त्यही गुलाव सजाउने तिम्रो हात 
र सजिने मेरो चुल्ठो बनोस् । 
रञ्जना निरौला – आकांक्षाको अनुष्ठान 
यसपाली एपेक नेपाल र नेशनल स्कुल अफ फिल्म एण्ड टेलिभिजनको संयुक्त आयोजनामा भएको प्रेम कविता उत्सवमा कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, राजेन्द्र शलभ, मोमिला, मणि लोहनी, ठाकुर वेल्वासे, सविता विमली, अनुपम रोशी, रुपेश श्रेष्ठ, क्रान्ति पराजुली, रञ्जना निरौला, सरिता राजभण्डारी, युवराज अधिकारी, सुमन थापा संगम लगायतले प्रेमिल कविता वाचन गरेका थिए । 
गुलावका पत्रपत्रमा 
मेरा आँखा, ओठ, मन, स्पर्श 
अनि मेरो मुटु राखेर 
तिमीलाई समर्पण गदैै भनेको थिएँ–
यसलाई तिम्रो मुटुमा राख्यौ भने 
म कहिल्यै ओइलाउने छैन । 

ठाकुर वेल्वासे – एउटा प्रेमको लयभंग 

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस प्रेमीहरुका लागि निकै महत्वपूर्ण दिन हो । पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ ।  भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यो प्रणय दिवससँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् । तर नेपालमा भने प्रेम कविताको सिलसिला जोडिएको छ । भर्खर भर्खर नेपालमा भ्यालेन्टाइन डे मनाउन थालेसँगै कविद्धय मणि लोहनी र अनमोलमणिले २०६० सालदेखि संयुक्त रुपमा प्रेम कविताउत्सव मनाउन थालेका हुन् ।
हो उ मेरा इच्छा, आकांक्षा र भावना बुझ्दछ
महासागर झैं विश्वासको प्रारुप भै उभिन्छ
विना स्वार्थ प्रेम, सद्भाव र सम्मान खन्याउँछ
तिम्रै खुशी गर भन्छ, 
हो यो ब्रह्माण्डको एउटा यस्तो मानव आकृति छ 
जसलाई म अगाध प्रेम गर्छु । 
 क्रान्ति पराजुली – उ अर्थात मेरो पृयतम् 

कवि मणि लोहनीको सक्रियतामा पछिल्लो १७ वर्षदेखि प्रत्येक वर्ष १४ फेब्रोअरीका दिन प्रेमकविताको वाचन सभा हुदै आएको छ । माओवादी विद्रोहले मुलुक आक्रान्त भइरहेका बेला कवि लोहनी र अनमोलमणिले संयुक्त रुपमा २०६० सालमा पहिलो प्रेमकविता उत्सवको आयोजना गरेका थिए । काठमाडौको गुरुकुलमा भएको त्यस कार्यक्रमको त्यतिबेला निकै चर्चा भएको थियो । ‘त्यसबेलादेखि हरेक वर्ष १४  फेब्रोअरीमा प्रेमकविताको कार्यक्रम गर्दै आएको छु ।’ संयोजक कवि मणि लोहनीले भने, ‘सुरुको दुई चार वर्ष कवि मित्र अनमोलमणि र म मिलेर ग¥यौं । उ युरोप गएपछि सहयोगी कविहरुको सद्भावमा कार्यक्रम भइरहेको छ ।’ लोहनीले बताए अनुसार यसपाली कार्यक्रम भव्य रुपमा सम्पन्न हुनुमा कवि विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभको भूमिका महत्वपूर्ण रह्यो ।