२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशरथ रंगशालामा खेलकुदबाहेकका अन्य गतिविधि नगर्न राखेपलाई निर्देशन



अ+ अ-

काठमाडौं । दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा खेलकुद बाहेकका अन्य कार्यक्रम नगर्न परिषद्लाई निर्देशन दिएको हो ।
मन्त्रालयले जारी विज्ञप्तिमा रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न राखेपलाई भनिएको छ ।

फिफा विश्वकप २०२६ छनोटको पहिलो लेगअन्तर्गत नेपाल र बहराइनबीच दशरथ रंगशालामा चैत ८ गतेका लागि तय गरिएको खेल खराब मैदानका कारण आयोजना गर्न नमिल्ने भएपछि नेपालले दुवै लेग बहराइनमै खेल्नेछ । ‘मैदानको नाजुक अवस्थाकै बीच मर्मत सम्भारविनै निरन्तर खेलकुदलगायत अन्य गतिविधि भइरहेको तर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी नीतिगत अन्योलको छिटै अन्त्य गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको समेत जानकारी गराएको छ ।