२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशरथ रंगशालामा खेलकुदबाहेकका अन्य गतिविधि नगर्न राखेपलाई निर्देशन



अ+ अ-

काठमाडौं । दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा खेलकुद बाहेकका अन्य कार्यक्रम नगर्न परिषद्लाई निर्देशन दिएको हो ।
मन्त्रालयले जारी विज्ञप्तिमा रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न राखेपलाई भनिएको छ ।

फिफा विश्वकप २०२६ छनोटको पहिलो लेगअन्तर्गत नेपाल र बहराइनबीच दशरथ रंगशालामा चैत ८ गतेका लागि तय गरिएको खेल खराब मैदानका कारण आयोजना गर्न नमिल्ने भएपछि नेपालले दुवै लेग बहराइनमै खेल्नेछ । ‘मैदानको नाजुक अवस्थाकै बीच मर्मत सम्भारविनै निरन्तर खेलकुदलगायत अन्य गतिविधि भइरहेको तर्फ यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी नीतिगत अन्योलको छिटै अन्त्य गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको समेत जानकारी गराएको छ ।