१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु



अ+ अ-

झापा । भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।

सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस’ रेल चढ्दा बुधबार चिप्लिएर शर्मा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा आज निधन भएको भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिनुभयो ।

दुर्घटनामा सख्त घाइते भएका शर्मालाई भारतीय सुरक्षाकर्मीले उपचारका लागि नर्थ बङ्गाल अस्पताल पुर्‍याएका उहाँले बताउनुभयो । मृतक शर्मा भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिरमा पुजारी हुनुहुन्थ्यो । उनको शव कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको अध्यक्ष साहेवालाले बताउनुभयो । रासस