२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । यसैगरी, अन्य  पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै, देशका पहाडी भूभागका एक दुई स्थानमा भने हल्का बर्षा हुने सम्भावना रहेको छ । 

आज राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ।