• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैन: सभापति खान



काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताउनुभएको छ ।

शुक्रवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले बजारलाई सुरक्षित,मर्यादित,नियमित र संरक्षित गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह भएको बताउनु भयो। सभापति खानले मुलुकमा उत्पादन बढाएर वितरण गरी उपभोगसम्म पुग्नुपर्ने बताउनु भयो । उहाँले उत्पादन वृद्धि,वितरण गरी उपभोक्ता माझ पुर्‍याउने कुरालाई सरकारले नियमन गर्न सक्यो भने मात्रै बजार सुरक्षित,नियमित र असल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुने बताउनु भयो । सभापति खानले राज्य उपभोक्ताको विषयमा कमजोर भन्दा पनि निर्मम हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले राज्यले बाल प्रवृति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहिनता आउने गरेको बताउनु भयो । उहाँले सरकारले कसैको दबाबमा खानेकुरा देखेपछि उतै लम्कने प्रवृत्ति हटाउनुपर्ने बताउनु भयो । उहाँले राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने बताउनु भयो । उपभोक्ता र उपभोग्य वस्तुसम्बन्धि भएका नियम,कानूनहरु समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानूनी राज्यको जनतामा आभास हुने उहाँको भनाई छ । उहाँले सरकारले गुणस्तहिन वस्तु उत्पादन र व्यापार गर्नेलाई नियमन गर्न खुट्टा कमाउनु नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जबसम्म बजारमा सुशासन आउँदैन तबसम्म देशमा सुशासन आउँदैन । यो कुरा निश्चित हो । जुनसुकै तहको बजार र सरकार किन नहुन । सरकारले बजारलाई सुरक्षित,मर्यादित,नियमित र संरक्षित गर्न सक्नुभएन भने मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह हो । मुलुकमा उत्पादन बढाउन आवश्यक छ भने वितरण र उपभोगसम्म पुग्नु राम्रो कुरा हो । तीनवटै कुरालाई सरकारले नियमन गर्न सक्यो भने बजार सुरक्षित,नियमित र असल हुन्छ । बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुन्छौं । सबै जनाले महशुस गर्नु भएको छ । राज्य उपभोक्ताको विषयमा निहिर्य हुनुहुँदैन । कमजोर बन्नु हुँदैन । बाल प्रवृति देखाउनुहुँदैन । राज्यले बाल प्रवृति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहिनता आउनु स्वभाविक हुन्छ । खानेकुरा देखेपछि उतै लम्कने राज्यलको प्रवृति हटाउनुपर्छ । राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्नसक्छौं । यसबाट मात्रै न्याय दिनसक्छौं । उपभोक्ता र उपभोग्य वस्तुसम्बन्धि भएका नियम,कानूनहरु समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानूनी राज्यको जनतामा आभास हुन्छ । राज्यका सबै निकायले बुझ्नुपर्छ । बालकको जस्तो व्यवहार अहिले राज्यले देखाइरहेको छ । सरकारहरु प्रलोभनमा परेर काम गरेको छ । राज्यले नियमन गर्न खुट्टा कमाउनु हुँदैन ।’

अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले स्वच्छ र प्रतिष्पर्धी बजार अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन,नाफा र अर्थतन्त्रमा योगदान गर्नुपर्ने विषय उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई नचाहिने भन्ने नहुने बताउनु भयो । उहाँले निजी क्षेत्र सवल नभएसम्म निजी क्षेत्रले गुुणस्तरीय वस्तु उत्पादन गर्न नसक्ने बताउनु भयो । उहाँले सरकारी निकायहरु कारबाही गर्नकै लागि खडा नभएको बताउनु भयो । उहाँले उपभोक्ता कर्मीले उठाएका विषयमा निजी क्षेत्रलाई कारबाही गर्ने मात्रै नभएर उपभोक्ताको हितमा काम गर्ने सरकारी नियकाहरु उपभोक्ताहरुको अधिकार सुरक्षित गर्न र निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्नेगरी खडा भएको बताउनु भयो । उहाँले कानूनी दायरा भन्दा बाहिर गएर अनउचित व्यापारीक क्रियाकलाप गर्नेलाई कारबाही गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘स्वच्छ र प्रतिष्पर्धी बजार हाम्रो आवश्यकता हो । हाम्रो दैनिक जीवनको आवश्यकता हो । राष्ट्रिय जीवनको आवश्यकता हो । निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन,नाफा र अर्थतन्त्रमा योगदान गर्नु पर्ने विषय उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई नचाहिने विषय होइन । यी विषय पनि महत्वपूर्ण छ । निजी क्षेत्र सवल नभएसम्म निजी क्षेत्रले गुुणस्तरीय वस्तु उत्पादन गर्न सक्दैन । बजारमा प्रदतिष्पर्धात्मक रुपमा वितरण गर्नसक्दैन त्यसले उपभोक्ता बजारलाई राम्रो गर्दैन । सरकारी निकायहरु कारबाही नै गर्न भनेर खडा भएको होइन । उपभोक्ता कर्मीले उठाएका विषयमा निजी क्षेत्रलाई कारबाही गर्ने भनेर उभिएका हैनौं । सरकार पनि उपभोक्ताहरुको अधिकार कसरी सुरक्षित हुन्छ । निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ र जनताको आवासलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर काम गर्ने हो । कानूनी दायरा भित्र रहेर अनउचित व्यापारीक क्रियाकलाप गर्नेलाई कारबाही गर्ने हो । असल व्यवसायीलाई जसले बस्तु र सेवा उपभोक्तामा पुर्‍याएको छ उहाँहरुलाई सम्मान गर्छौं ।’

उहाँले असल व्यवसायी जसले वस्तु र सेवा उपभोक्तामा पुर्‍याएको छ उहाँहरुलाई राज्यले संधै सम्मान गर्ने बताउनु भयो ।