१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैन: सभापति खान

बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन सक्दैन: सभापति खान
अ अ+ अ-

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजारमा सुशासन नआएसम्म देशमा सुशासन आउन नसक्ने बताउनुभएको छ ।

शुक्रवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले बजारलाई सुरक्षित,मर्यादित,नियमित र संरक्षित गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह भएको बताउनु भयो। सभापति खानले मुलुकमा उत्पादन बढाएर वितरण गरी उपभोगसम्म पुग्नुपर्ने बताउनु भयो । उहाँले उत्पादन वृद्धि,वितरण गरी उपभोक्ता माझ पुर्‍याउने कुरालाई सरकारले नियमन गर्न सक्यो भने मात्रै बजार सुरक्षित,नियमित र असल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुने बताउनु भयो । सभापति खानले राज्य उपभोक्ताको विषयमा कमजोर भन्दा पनि निर्मम हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले राज्यले बाल प्रवृति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहिनता आउने गरेको बताउनु भयो । उहाँले सरकारले कसैको दबाबमा खानेकुरा देखेपछि उतै लम्कने प्रवृत्ति हटाउनुपर्ने बताउनु भयो । उहाँले राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने बताउनु भयो । उपभोक्ता र उपभोग्य वस्तुसम्बन्धि भएका नियम,कानूनहरु समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानूनी राज्यको जनतामा आभास हुने उहाँको भनाई छ । उहाँले सरकारले गुणस्तहिन वस्तु उत्पादन र व्यापार गर्नेलाई नियमन गर्न खुट्टा कमाउनु नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जबसम्म बजारमा सुशासन आउँदैन तबसम्म देशमा सुशासन आउँदैन । यो कुरा निश्चित हो । जुनसुकै तहको बजार र सरकार किन नहुन । सरकारले बजारलाई सुरक्षित,मर्यादित,नियमित र संरक्षित गर्न सक्नुभएन भने मुलुकमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह हो । मुलुकमा उत्पादन बढाउन आवश्यक छ भने वितरण र उपभोगसम्म पुग्नु राम्रो कुरा हो । तीनवटै कुरालाई सरकारले नियमन गर्न सक्यो भने बजार सुरक्षित,नियमित र असल हुन्छ । बजार असल हुने बित्तिकै सम्पूर्ण जनता पनि सुरक्षित हुन्छौं । सबै जनाले महशुस गर्नु भएको छ । राज्य उपभोक्ताको विषयमा निहिर्य हुनुहुँदैन । कमजोर बन्नु हुँदैन । बाल प्रवृति देखाउनुहुँदैन । राज्यले बाल प्रवृति देखाउँदा उपभोक्ता र उपभोग्य वस्तुमा गुणस्तरहिनता आउनु स्वभाविक हुन्छ । खानेकुरा देखेपछि उतै लम्कने राज्यलको प्रवृति हटाउनुपर्छ । राज्य निर्मम भएपछि मात्रै मुलुकमा सुशासन कायम गर्नसक्छौं । यसबाट मात्रै न्याय दिनसक्छौं । उपभोक्ता र उपभोग्य वस्तुसम्बन्धि भएका नियम,कानूनहरु समयमा नै कार्यान्वयन र संशोधन गरे मात्रै कानूनी राज्यको जनतामा आभास हुन्छ । राज्यका सबै निकायले बुझ्नुपर्छ । बालकको जस्तो व्यवहार अहिले राज्यले देखाइरहेको छ । सरकारहरु प्रलोभनमा परेर काम गरेको छ । राज्यले नियमन गर्न खुट्टा कमाउनु हुँदैन ।’

अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले स्वच्छ र प्रतिष्पर्धी बजार अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन,नाफा र अर्थतन्त्रमा योगदान गर्नुपर्ने विषय उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई नचाहिने भन्ने नहुने बताउनु भयो । उहाँले निजी क्षेत्र सवल नभएसम्म निजी क्षेत्रले गुुणस्तरीय वस्तु उत्पादन गर्न नसक्ने बताउनु भयो । उहाँले सरकारी निकायहरु कारबाही गर्नकै लागि खडा नभएको बताउनु भयो । उहाँले उपभोक्ता कर्मीले उठाएका विषयमा निजी क्षेत्रलाई कारबाही गर्ने मात्रै नभएर उपभोक्ताको हितमा काम गर्ने सरकारी नियकाहरु उपभोक्ताहरुको अधिकार सुरक्षित गर्न र निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्नेगरी खडा भएको बताउनु भयो । उहाँले कानूनी दायरा भन्दा बाहिर गएर अनउचित व्यापारीक क्रियाकलाप गर्नेलाई कारबाही गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘स्वच्छ र प्रतिष्पर्धी बजार हाम्रो आवश्यकता हो । हाम्रो दैनिक जीवनको आवश्यकता हो । राष्ट्रिय जीवनको आवश्यकता हो । निजी क्षेत्रले गुणस्तरीय वस्तु उत्पादन,नाफा र अर्थतन्त्रमा योगदान गर्नु पर्ने विषय उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई नचाहिने विषय होइन । यी विषय पनि महत्वपूर्ण छ । निजी क्षेत्र सवल नभएसम्म निजी क्षेत्रले गुुणस्तरीय वस्तु उत्पादन गर्न सक्दैन । बजारमा प्रदतिष्पर्धात्मक रुपमा वितरण गर्नसक्दैन त्यसले उपभोक्ता बजारलाई राम्रो गर्दैन । सरकारी निकायहरु कारबाही नै गर्न भनेर खडा भएको होइन । उपभोक्ता कर्मीले उठाएका विषयमा निजी क्षेत्रलाई कारबाही गर्ने भनेर उभिएका हैनौं । सरकार पनि उपभोक्ताहरुको अधिकार कसरी सुरक्षित हुन्छ । निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ र जनताको आवासलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर काम गर्ने हो । कानूनी दायरा भित्र रहेर अनउचित व्यापारीक क्रियाकलाप गर्नेलाई कारबाही गर्ने हो । असल व्यवसायीलाई जसले बस्तु र सेवा उपभोक्तामा पुर्‍याएको छ उहाँहरुलाई सम्मान गर्छौं ।’

उहाँले असल व्यवसायी जसले वस्तु र सेवा उपभोक्तामा पुर्‍याएको छ उहाँहरुलाई राज्यले संधै सम्मान गर्ने बताउनु भयो ।