• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या



symbolic photo

विराटनगर । विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।