१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

युवाहरुलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक छ: ओली

युवाहरुलाई देशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गराउन आवश्यक छ: ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्द चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रवारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली युवाहरु अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति रहेको बताउनु भयो । उहाँले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताउनु भयो ।

उहाँले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरुमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताउनु भयो । उहाँले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभइ विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताउनु भयो । युवाहरुमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवाहरु विदेश दुई वटा कारणले गइरहेको देखिन्छ । अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो छ । यहाँ विश्वविद्यालयहरु खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दैछ । सकेसम्म बाहिर जाने प्रवृत्ति बढ्दो छ । अध्ययनका लागि बाहिर जान नसके कामका लागि बाहिर जाने प्रवृत्ति अर्को छ । जो धेरै ठूलो संख्यामा छ । बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरु निकै धेरै विद्यार्थीहरुको ठूलो संख्या पढेर फर्किने भन्दा पनि उतै पढेर उतै जीविका चलाउने मानसिकतामा देखिन्छन् । त्यो अर्को खतरनाक कुरा हो । यसलाई रोक्नका लागि दुई कुराको आवश्यकता छ । कुनैपनि देश पैसा भएर धनी हुने होइन, विकास गर्छ, अनि धनी हुन्छ, अनि पैसा कमाउँछ । कुनैपनि देशले रेडिमेट विकास पाएको छैन । हामीले युवा पंक्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ र मात्रै विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्नेकुरा बुझाउनु पर्छ । हाम्रा युवाहरु देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, हामी गर्नसक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशिलताको प्रवृत्ति जगाउने, उद्यमशिलताको विकास हुने, उद्यमशिलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले सरकारले आधारहीन ढंगबाट रोजगारीका अवसर सिर्जना गर्न सम्भव नरहेको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल