१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शिर्ष नेताहरूलाई बुझाउने तयारी



अ+ अ-

काठमाडौँ । सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रममो मस्यौदा तयार परेको छ ।

शुक्रवार बसेको कार्यदलको बैठकले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताउनुभएको हो ।

उहाँले कार्यदलको आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिनुभयो । उहाँले कार्यदलले तयार पारेको सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शिर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताउनु भयो । उहाँले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौति समाधान,आम मानिसहरुमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताउनु भयो । उहाँले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शिर्ष नेताहरुले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्युनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो । कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौं । न्युनतम साझा कार्यक्रम तयार भएको छ । आज नै कार्यदलले प्रमुख नेताहरुलाई न्युनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौं । साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास समृद्धिक,अर्थतन्त्रका चुनौति समाधान गर्ने,आम मानिसहरुमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने र समग्रतामा राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकाश पूरा गर्ने र देशलाई समाजवाद तर्फ अगाडि बढाउने विषय समावेश छन् । हामीले अन्तिम रुप दिएका छौं । आवश्यक संशोधन गर्न परे शिर्ष नेताहरुले गर्नुहुन्छ ।’

उहाँले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताउनु भयो । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।