१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शिर्ष नेताहरूलाई बुझाउने तयारी

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै शिर्ष नेताहरूलाई बुझाउने तयारी
अ अ+ अ-

काठमाडौँ । सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्युनतम साझा कार्यक्रममो मस्यौदा तयार परेको छ ।

शुक्रवार बसेको कार्यदलको बैठकले सरकारको न्युनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताउनुभएको हो ।

उहाँले कार्यदलको आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिनुभयो । उहाँले कार्यदलले तयार पारेको सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शिर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताउनु भयो । उहाँले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौति समाधान,आम मानिसहरुमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताउनु भयो । उहाँले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शिर्ष नेताहरुले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्युनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो । कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौं । न्युनतम साझा कार्यक्रम तयार भएको छ । आज नै कार्यदलले प्रमुख नेताहरुलाई न्युनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौं । साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास समृद्धिक,अर्थतन्त्रका चुनौति समाधान गर्ने,आम मानिसहरुमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधिनताको रक्षा गर्ने र समग्रतामा राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकाश पूरा गर्ने र देशलाई समाजवाद तर्फ अगाडि बढाउने विषय समावेश छन् । हामीले अन्तिम रुप दिएका छौं । आवश्यक संशोधन गर्न परे शिर्ष नेताहरुले गर्नुहुन्छ ।’

उहाँले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताउनु भयो । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।