१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्न: गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्न: गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिनुभएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उहाँले सो उद्योग संचालनमा ल्याउन आफैँले गरेको प्रतिवद्धता कहिले पूरा हुन्छ ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो । प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाई थियो । उहाँले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । सांसद पन्तले सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाउने राष्ट्रिय पूँजी वृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्को गोरखामा रहेको गोरखकाली रवर उद्योग । हामीसँग पुरातात्विक कुराहरु त छँदैछन् । मनकामना, गोरखकाली, मुक्तिनाथ । त्यसपछि गएर बागलुङ भगवती । त्यो छ छँदैछन् । तर हामी गण्डकी प्रदेशमा उत्पादनमा पनि अघि थियौं । त्यसमा पनि पहाडमा एउटा अत्यन्त गौरव गर्न लायक एउटा गोरखकाली रवर उद्योग थियो । २०७१ सालसम्म यसले उत्पादन दिएको थियो । कुन सरकारले कति गर्‍यो, म त्यतातिर जान्न । तर यो उद्योग किन सञ्चालनमा आएन भन्नेतिर म जाँदैछु । र प्रधानमन्त्रीको जिल्ला पनि हो गोरखा । प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रवर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो । बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्युलाई मेरो भन्नु केही छैन । तर बोलेको कुरा पूरा गर्ने हो भने अव कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ ? त्यसको जवाफ पनि खोजेको छु । यो गण्डकी प्रदेशकै गौरव हो–गोरखकाली रवर उद्योग । अहिले त्यो सञ्चालनमा छैन । त्यसलाई सञ्चालन गर्छु भनेर प्रतिवद्धता जनाएर आउनुभएका प्रधानमन्त्रीले कहिलेदेखि सुरु गर्नु हुन्छ ? म जवाफ खोज्न चाहन्छु ।’

सांसद पन्तले विकास, निर्माणको काममा ढिलाई गर्ने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।